किङ्स लाउन्जको पहिलो शाखा पोखराको लेकसाइडमा

पोखरा, ३ फागुन /किङ्स लाउन्जले पोखराको लेकसाइडमा सेवा विस्तार गर्ने भएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा आगामी बैशाख १ गतेदेखि पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक लाउञ्ज सञ्चालनमा ल्याउन लागिएको हो ।

पहिलो वर्षको समाप्ति सँगै पहिलो शाखाका रुपमा पोखराबाट सेवा सुरु गर्न लागिएको भन्दै किङ्स लाउञ्ज व्यवस्थापनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाएको छ ।

काठमाण्डौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएको सेवालाई अझै परिष्कृत रुपमा पोखराका सेवाग्राहीलाई सेवा दिने लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए ।

काठमाण्डौंको दरबारमार्गमा अवस्थित किङ्स लाउन्जले ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै सेवा विस्तारलाई तिब्र पारेको श्रेष्ठको भनाई छ ।

कमेन्टहरु
Loading...