पर्यटन प्रवर्धनमा योगदान दिएको भन्दै पोखराका अधिकारी सम्मानीत

पोखरा, १५ असोज / लामो समयदेखि यातायात व्यवसायी केशवप्रसाद अधिकारी सम्मानित भएका छन् । यातायात व्यवसायका माध्यमबाट पर्यटन

क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए बापत अधिकारीलाई सोमबार ‘राष्ट्र संरक्षण मिडिया’ले सम्मान गरेको हो ।

नेपाल पर्यटन बोर्ड काठमाडौंमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अधिकारीलाई सम्मान गरे । पोखरा–काठमाडौंमा स्तरीय पर्यटक बस

सञ्चालन गर्न सफल अधिकारीकै अगुवाईमा नेपाल भारतमैत्री बससमेत सञ्चालन भइरहेको छ ।

आन्तरिक पर्यटनको प्रवद्र्धनसँगै बाह्य पर्यटक भित्र्याउन समेत योगदान पु¥याएकाले अधिकारीलाई सम्मान गरिएको बताइएको छ । सम्मानले आगामी

दिनमा थप रचनात्मक काम गर्न आफूलाई प्रोत्साहन मिलेको अधिकारीले बताए ।

कमेन्टहरु
Loading...