कास्की बचत तथा ऋण सहकारी संघको साधारणसभा

पोखरा, १ पुस । कास्की बचत तथा ऋण सहकारी संघ लि.को १७औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाका अवसरमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक प्रभा कोइरालाले आर्थिक तथा सामाजिक क्षेत्रमा सहकारी अभियानको योगदान महत्वपूर्ण रहेको बताइन् ।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)का सञ्चालक भीम गुरुङले सहकारी संस्थाहरु नीति, विधि र प्रविधिका साथ सदस्य केन्द्रित व्यवसायमा उन्मुख हुनुपर्ने बताए ।

राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक एवं बचत संघका राष्ट्रिय प्रतिनिधि डिल्लिराम तिवारीले सहकारी ऐन २०७४ सहकारी अभियान अनुकुल नै आएको हुँदा यसलाई स्वागत गर्नुपर्ने धारणा राखे ।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले कास्की बचत संघले कास्कीको सहकारी अभियानमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।

संघका अध्यक्ष सुदिप ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष भेषराज बराल, सचिव दीपक प्रकाश आचार्य, कोषाध्यक्ष नारायणप्रसाद आचार्य, सहसचिव लक्ष्मी गौतम सुवेदी, लेखा समितिका संयोजक रुद्रनाथ पौडेल लगायतले बोलेका थिए ।भोजराज घिमिरे र माछापुच्छ«े सहकारीलाई सम्मान संघले १७औं वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट व्यवस्थापक र उत्कृष्ट सहकारीलाई सम्मान गरेको छ । जिल्ला सहकारी संघका वरिष्ठ व्यवस्थापक भोजराज घिमिरेलाई राइफेशन सहकारी अवार्ड प्रदान गरिएको छ । माछापुच्छ«े सहकारी संस्थालाई बखान सहकारी अवार्डबाट सम्मानित गरिएको अध्यक्ष सुदिप ढकालले जानकारी दिए ।

कमेन्टहरु
Loading...