कास्की १ मा ४ करोड बराबरका योजनाहरु सार्वजनिक (कहाँ कहाँ के शिर्षकमा छुट्टिए योजनाहरु हेर्नोस् )

पोखरा,५ मंसिर /पूर्व स्वास्थ्यमन्त्री एवं कास्की संघिय निर्वाचन क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका योजनाहरु सार्वजनिक गरेका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद अधिकारीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी ४ करोड बराबरको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक गरेका हुन् ।

मंगलबार सार्वजनिक गरिएको कार्यक्रम अनुसार रुपा गाउँपालिकामा पर्ने रामकोट रामादी सडकका लागि सबैभन्दा बढी १ करोड विनियोजन गरिएको छ । त्यस्तै सम्पदा मार्ग, ताङतिङ, क्होलासोंथर सडकका लागि ७० लाख, लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका लागि ५० लाख छुट्याइएको छ ।यसैगरी पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० मा पर्ने शिसुवा आदर्शचोक सडकका लागि १५ लाख र पोखरा ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रम भवन निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै सम्पदा मार्ग, ताङतिङ, क्होलासोंथर सडकका लागि ७० लाख, पोखरा १२ मा रहेको ढिकालेथर शिवमार्ग सडक, पोखरा १४ को कदम मार्ग सडक, पोखरा २८ को विजयपुर, सुनपँदेली र सुर्के मैदान सडकका लागि १०÷१० लाख रुपैयाँ विनियोजन गरिएको छ ।यसैगरी ८ वटा विद्यालयलाई १० लाखका दरले ८० लाख विनियोजन भएको छ । पोखरा १३ को रतन पाण्डे मावि, पोखरा ३१ मा रहेको आनन्दज्योति मावि, मादी गाउँपालिका वडा नम्बर ९ को हिमालय मावि गोर्जे, मादी ४ को ध्रुव मावि तारकाङ, मादी ३ को सिताराम मावि याङ्जाकोट, मादी १ को अन्नपूर्ण मावि सिक्लेश, विश्व शान्ति मावि देउराली र गाउँफर्क मावि सिद्धलाई पनि १०/१० लाख रुपैयाँ विनियोजन गरिएको हो ।

यस्तै ,पोखरा २७ मा रहेको कृषि उपज संकलन केन्द्र तालचोकका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको सांसद अधिकारीले जानकारी दिए । त्यस्तै, पोखरा ३० मा रहेको भूगोलपार्क व्याडमिन्टन खेल मैदान, पोखरा १० मा सोलार वत्ति जडान र पोखरा २८ मा रहेको स्याङ्खुदी अधिना, भुर्तेल गाउँका लागि १०÷१० रुपैयाँ छुट्याइएको छ ।

कमेन्टहरु
Loading...