तल्लो सिमलचौरमा खुल्यो कसौडी रेस्टुरेन्ट

पोखरा, २१ पुस /पोखरा ८ तल्लो सिमलचौरमा सुविधा सम्पन्न रेस्टुरेन्ट सञ्चालनमा आएको छ । कसौडी रेस्टुरेन्ट एण्ड फ्रेस हाउसको हालै एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरिएको हो । ६० जनासम्मलाई एकैपटकमा सेवा दिन मिल्ने गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक कुलमाया क्षेत्रीले जानकारी दिइन् ।

‘अर्डर अनुसार स्तरीय खाना तथा खाजा खुवाउने व्यवस्था मिलाइएको छ,’ उनले भनिन्, ‘सिमलचौर क्षेत्रमा स्तरीय रेस्टुरेन्टको माग थियो । जुन हामीले पुरा गरेका छौं ।’ रेस्टुरेन्टमा स्पेसल तास खुलाइने क्षेत्रीले बताइन् । ‘सेकुवा, भुटुवा, मःम, चाउमिन लगायत अर्डर अनुसारको खाजा ग्राहकलाई खुवाउँछौं,’ उनले भनिन्, ‘पूर्ण पारिवारिक वातावरणमा सेवा उपलब्ध गराउँछौं ।’

रेस्टुरेन्टमा आउने प्रत्येक ग्राहकलाई कडौसीमा खसीको सुप निःशुल्क ‘वेलकम ड्रिङस’का रुपमा उपलब्ध गराइने सञ्चालक पदमबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । रेस्टुरेन्टमा ५ जनालाई रोजगारी दिइएको छ । करिब २० लाख रुपैयाँ लगानीमा स्थापना गरिएको रेस्टुरेन्टको प्रतिनिधि सभाका नवनिर्वाचित सांसद रवीन्द्र अधिकारी, प्रदेशसभा सांसद कृष्ण थापाले उद्घाटन गरेका हुन् ।

कमेन्टहरु
Loading...