बुद्ध विशाल बजार ब्यापारिक एशोसियनका अध्यक्ष खत्रीद्दारा घर भाडामा ६० प्रतिशत छुट दिने घोषणा

पोखरा, १२ चैत / पोखरा उद्योग वाणिज्य सँघका कार्य समिति सदस्य तथा बुद्ध विशाल बजार ब्यापारिक एशोसियनका अध्यक्ष केशव बहादुर खत्रीले कोभिड– १९ को जोखिमका कारण व्यवसाय धराशायी बन्दै गएको भन्दै आफ्नो घर भाडामा बस्ने व्यवसायीलाई ६० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

खत्रीले कोरोना भाइरसका कारण आर्थिक क्षेत्र अस्तव्यस्त भएको भन्दै गएकोले व्यवसायीलाई राहतस्वरुप भाडामा ६० प्रतिशत छुट दिने घोषणा गरेको जानकारी दिए । उनले देशले संकटको सामना गरिरहेका बेला आफ्नो तर्फबाट सक्दो सहयोग गरौं भन्ने भावनाले घर भाडामा साठी प्रतिसत छुट दिने घोषणा गरेको बताए ।

पोखरा उद्योग वाणिज्य सँघका कार्य समितिसदस्य तथा बुद्ध विशाल बजार ब्यापारिक एशोसियनका अध्यक्ष केशबवहादुर खत्रीले पोखरा महानगरपालिका १७ बिरौटा र २५ हेम्जामा रहेको घरमा साठी प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।

कमेन्टहरु
Loading...