लायन्स पोखरा जयलक्ष्मीद्धारा कर तथा बैंकिङ सम्बन्धि प्रशिक्षण

पोखरा, १५ पुस /लायन्स क्लब अफ पोखरा जयलक्ष्मीको आयोजनामा क्लबमा आबद्ध तथा साना ब्यबसायीहरुलाई कर, इन्स्योरेन्स र बैंकिङ सम्बन्धि एक दिने प्रशिक्षण शनिबार सम्पन्न भयो।सो अबसरमा आन्तरिक राजस्व बिभाग पोखरा कार्यलय प्रमुख केशव कुमार उप्रेतीले आय कर, अन्त शुल्क कर लगाएतका कर सम्बन्धि, गण्डकी बिकास बैंकका कर्जा बिभाग प्रमुख कुमार केसीले बैंकिङ कर्जा सम्बन्धि, सिए बिक्रम पराजुलीले कर सम्बन्धि, रिलायन्स लाईफ इन्स्योरेन्स कं.का पोखरा शाखा प्रमुख चिरञ्जीवी पौडेलले जिवन बिमा सम्बन्धि प्रशिक्षण दिएका थिए ।

सो अबसरमा केशबकुमार उप्रेती, कुमार केसी, लायन्स क्लब अफ पोखरा मेट्रोसिटिका अध्यक्ष शुशिल केसी लगाएतले शुभकामना व्यक्त गरेका थिए ।विभिन्न पेशा ब्यबसाय गरेका ६५ जना भन्दा बढी सहभागीता रहेको थियो । सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।क्लबका अध्यक्ष निलराज आत्रेयको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष सि.ए. बिक्रम पराजुलीले र कार्यक्रम संचालन सचिव हरिबहादुर थापाले गरेका थिए ।

कमेन्टहरु
Loading...