कंगारु एड्मिसन डे अष्ट्रेलियाको आयोजना हुने

पोखरा, १५ साउन / अष्ट्रेलियामा उच्च शिक्षा हाँसिल गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि कंगारु एजुकेशन फाउण्डेशन पोखराले कंगारु एड्मिसन डे अष्ट्रेलियाको आयोजनामा गर्ने भएको छ ।

चिप्लेढुंगा स्थित सेलवेज टावरको पाचौं तलामा रहेको कंगारुको कार्यालयमा साउन १८ र १९ गते दुई दिन सम्म हुने छ । कार्यक्रममा अष्ट्रेलिया स्थित विभिन्न कलेज तथा यूनिभर्सिटीका प्रतिनिधीहरु सगं पोखरा क्षेत्रका विद्यार्थीहरुले प्रत्यक्ष रुपमा भेट गरी सम्पुर्ण जानकारी लिन सक्नेछन् ।

आफुलाई उपयूक्त हुने कलेज तथा विश्वविद्यालयमा भर्नाका लागि समेत आवेदन गर्न सक्ने सुबिधा प्रदान गर्ने गरि यो कार्यक्रम राखिएको कंगारु एजुकेशन फाउण्डेशन पोखराका कार्यकारी निर्देशक टि.आर. काफ्लेले बताए ।

पछिल्लो समय नेपाली विद्यार्थीहरुको अष्ट्रेलिया प्रति बढ्दो रुची र सहज भिसा पद्धती भएका कारण वर्षमा तिन पटक भर्ना लिइने अष्ट्रेलियाका लागि यस दुइ दिने कार्यक्रममा नोभेम्वर तथा फेब्रेवरीका लागि निवेदन स्वीकार गरिनेछ । कार्यक्रममा विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक कर्जाको वारेमा जानकारी गराउनका लागि सिद्धार्थ बैंकले पनि आफ्नो सहभागिता जनाएको बताइएको छ ।

शैक्षिक मेला भन्दा फरक किसिमले आयोजना गरिएको यो कंगारु एड्मीसन डे मा सहभागिता जनाउने विद्यार्थी तथा अभिभावकलाई कंगारु एजुकेशन पोखराले बिशेष गिफ्ट ह्याम्परको पनि व्यवस्था गरेको छ । कंगारु एजुकेशन पोखराको आफ्नै कार्यालय परिसरमा संचालन हुने यो शैक्षिक मेलामा अष्ट्रेलिया स्थित ११ वटा कलेज तथा यूनिभर्सिटीहरुको प्रत्यक्ष सहभागिता रहने संस्थाका अपरेशन प्रमुख वविता पराजुलीले बताइन् ।

कमेन्टहरु
Loading...