कास्की र कामना मिलेर कामना विकास बैंकबाट कारोबार सुरु

सागर राज तिमिल्सिना
पोखरा, ६ असार /पोखरामा प्रधान कार्यालय रहेको कास्की फाइनान्स लिमिटेड र कामना विकास बैंकले मर्जर भई सोमबार देखि एकीकृत कारोवार सुरु गरेका छन् । एकीकृत कारोवारको नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले उद्घाटन गरे ।

मर्जरपछि राष्टिय स्यतरको विकास बैकका रुपमा कामना विकास बैंकको नामबाट कारोवार सुरु गरेको छ । उद्घाटन कार्यक्रममा गर्भनर नेपालले साना साना पुर्जी भएका वित्तिय संस्था हुदा जनताको बचत खतरामा पर्ने देखे पछि मर्जरको नीति ल्याएको बताए । उनले अहिले पनि ११ वटा वित्तिय संस्था समस्यागस्त रहेको भन्दै समस्यागस्त रहेको वित्तिय संस्थालाई राष्टि बैंकले नै हेर्दै आएको बताए ।

उनले ठुला लगानी कर्तालाई ऋण दिन बाणिज्य बैक र साना ऋणिलाई ऋण दिन लघुवित्तले काम गरेको बताए । फाइनान्स र विकास बैंक ठुला बैंक बन्दै जादा लघुवित्तको संख्या पनि बढेको बताए । उनले ४० वटा लघुवित्तले अनुमति पाइसकेको बताउदै ६० वटाले सञ्चालनका लागि अनुमति मागेको बताए ।

कास्की र कामना मिलेर कामना विकास बैंकबाट कारोबार सुरु
कास्की र कामना मिलेर कामना विकास बैंकबाट कारोबार सुरु

कार्यक्रममा नेपाल राष्टिबैक पोखरा शाखाका प्रमुख चिरञ्जीवी चापागाई, व्यवसायी हरि पाण्डे, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी त्रिपाठी, नेपाल पत्रकारमहा संघ कास्की शाखा अध्यक्ष रामकृष्ण ज्ञवाली लगायतले शुभकामना दिएका थिए ।

मर्जरपछि बैंकको चुक्ता पूँजी ६६ करोड १६ लाख रुपैया पुगेको छ । त्यसैगरी निक्षेप करीब ६ अर्व ८३ करोड, र कर्जा लगानी करीब ५ अर्ब ९३ करोड रुपैया पुगेको छ । मर्जरपछि बैंकको २१ शाखा र ९ वटा एटिएममार्फत ७५ हजार ग्राहकलाई सेवा दिने बैंकका कार्यकारी अधिकृत तोयाराज अधिकारीले जानकारी दिए । त्यस्तै मर्जरपछि अध्यक्षमा राजेन्द्रनिधि कोइराला, प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी र नायब प्रमुख कार्यकारी अधिकृतमा उमेश कुमार आचार्य रहने भएका छन् ।

कमेन्टहरु
Loading...