कामना सेवा बैंकको नगद र बोनस शयेर लाभांश पारित

पोखरा, १५ असार /कामना सेवा विकास बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १.५ प्रतिशत बोनस शेयर गरि कूल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

शनिबार सम्पन्न सभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको २० करोड २ लाख १२ हजार ४४१ रुपैयाँ नगद लाभांश र ३ करोड ७५ लाख ३९ हजार ८३२ रुपैयाँ बराबरको शेयर लाभांश साधारण सभाले अनुमोदन गरेको हो ।

साधारण सभाका लागि जेठ ३१ गतेदेखि बुकक्लोज गरिएकाले जेठ ३० गतेसम्म कायम शेयरधनीले मात्रै साधारण सभाबाट पारित लाभांश पाउनेछन् ।

हाल २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५१९ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३५१ रुपैयाँ पूँजी पुग्ने छ ।

कमेन्टहरु
Loading...