कलश सहकारीको अध्यक्षमा सुवेदी

पोखरा, ५ असोज/कलश बचत तथा ऋण सहकारी संस्था लिको आठौं साधारण सभा तथा तेश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले ४ वर्ष नया कार्यकालका लागि पुनः दुर्गाप्रसाद सुवेदीको अध्यक्षतामा ९ सदस्यिय सञ्चालक समिती निर्वाचित गरेको छ ।

सञ्चालक समितीको उपाध्यक्षमा विजेन्द्र शर्मा पौडेल, सचिव सञ्जयकुमार मल्ल र कोषाध्यक्षमा सुनिता गिरी निर्वाचित भएका छन् । यसैगरि सदस्यहरुमा एकराज गिरी, रुपकराज मिश्र, विनय थापा, रामप्रसाद अधिकारी र दीपक थापा निर्वाचित भए ।

संस्थको लेखा समिती संयोजकमा सुदिप अधिकारी चयन भएका छन् । यस्तै लेखा समिती सदस्यहरुमा रामु पाध्य, र कृष्णप्रसाद सुवेदी चयन भएका छन् । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी सहकारी रजिष्टार कार्यालय, गण्डकी प्रदेशका रजिष्टार बद्रिनाथ अधिकारीले सहकारीले तय गरेको सिद्धान्तले नै सामुहिक समृद्धि हासिल गर्न सकिने बताए । उनले सहकारीले आर्थिक गतिविधीसंगै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्नु पर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरिक्षक दानबहादुर कार्कीले अपराधका धेरै जड् आर्थिक संग जोडिएकोले यस तर्फ पनि चनाखो हुनुपर्ने बताए । कार्यक्रममा रेडियो जननीका अध्यक्ष मिलन थापा, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक सन्तोष घिमिरे, हाम्रो सहयोग बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष शुक्रराज कंडेल, जिल्ला कृषि सहकारी संघका सचिब अनिल सुवेदी लगायतले बोलका थिए ।

उक्त अवसरमा सहकारीमा आवद्ध शेयर सदस्यका हालै एसईई उत्तिर्ण छोरा छोरीलाई सम्मान गरिएको थियो । सम्मान हुनेहरुमा रोहन गिरी, अर्जुन गौतम, सुष्मा पौडेल लगायत रहेका छन् । यस्तै सहकारी संस्थाको उत्कृष्ट कर्मचारी सम्मानबाट सीता गुरुङ र कोपिला थापा सम्मानित भएका छन् । सहकारीको बार्षिक कारोवारमा उत्कृष्ट ठहरिदै मधु सुवेदीले असल लगानी सदस्य सम्मान, देवबहादुर ज्वारचन र विष्णुप्रसाद चापागाइले उत्कृष्ट बचतकर्ता सम्मानबाट सम्मानित भए ।

संस्थाको निर्वाचन कार्यक्रमका लागि संस्थाका सल्लाहकार सुदिप पौडेलको संयोजकत्वमा ३ सदस्यिय कमिटी गठन गरिएको थियो । सदस्यहरुमा सल्लाहकार जगत पौडेल र दुर्गादत्त पौडेल रहेका थिए ।साधारणसभामा अध्यक्षको बार्षिक प्रगति प्रतिबेदन, कोषाध्यक्षको आर्थिक प्रतिबेदन, सचिव तथा लेखासमिती संयोजकको प्रतिवेदन पेश गरि पारित गरिएको थियो । संस्थाका अध्यक्ष दुर्गा प्रसाद सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विजेन्द्र शर्मा पौडेलले गरेका थिए भने सञ्चालन सचिव सन्जय कुमार मल्लले गरेका थिए।

कमेन्टहरु
Loading...