Ganthan News Pokhara
All news from Pokhara & around

कैलाश विकास बैंक र एनविआइ बीच सम्झौता

0

पोखरा, ५ बैशाख /कैलाश विकास बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट (एनविआइ) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्न सम्झौता भएको छ ।

सम्झौतामा बैंकका कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण जानवी कोर्स प्रदान गर्ने विषयमा पनि सहमति भएको छ ।

सम्झौतामा एनविआइको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कैलाश विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी अमृत चरण श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

देशभर ९५ बटा शाखा मार्फत बित्तिय सेवा प्रदान गर्दै अएको बैंकको ३४ एटिएम छन् । निकट भविष्यमा देशका बिभिन्न २ ठाँऊहरुमा शाखा सञ्चालन गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ ।

यस बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु