नारी दिवसमा कैलाश विकास बैंकको सुरक्षित नारी बचत खाता

पोखरा, २४ फागुन /कैलाश विकास बैंक लिमिटेडले नारी दिवसको उपलक्ष्यमा कैलाश सुरक्षित नारी बचत योजना ल्याएको छ । जसमा शुन्य मौज्दातमा खाता खोल्न सकिने, निःशुल्क ५ लाख सम्मको दुर्घटना बीमाको सुरक्षा, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ्ग, निःशुल्क इन्टरनेट बैंकिङ्ग, लकर सुबिधामा ५० प्रतिशत छुट लगायतका सुबिधाहरु रहेको एक विज्ञप्ती मार्फत जनाएको छ ।

देशभर ९० बटा शाखा मार्फत बित्तिय सेवा प्रदान गर्दै अएको बैकको ३५ एटिएम छन् । निकट भविष्यमा देशका बभिन्न ७ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ ।

यस बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदानगर्दै आईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...