नेपालमा वार्षिक २ अरब भन्दा बढिको कागती आयातःसभापति कोइराला

पोखरा, २३ जेठ / गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले नेपालमा वार्षिक २ अरब भन्दा बढिको कागती आयत हुने गरेको बताए ।

बिहीबार आफ्नै निर्वाचन क्षेत्र कास्की १ क अन्तरगत पर्ने पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनासमा कागती पकेट क्षेत्रमा कागतीको विरुवा लगाउदै कागतीमा आत्मनिर्भर बन्नु पर्ने बताए ।

सभापति कोइरालाले हाम्रो हावा पानी र माटोमा उत्पादन गर्न सकिने कागती पनि बार्षिकरुपमा भारत बाट २ अरब भन्दा बढि आयत हुने गरेको तथ्याङ रहेको भन्दै स्वदेशमै कागती उत्पादन गरेर आत्म निरर्भर बन्नुपर्नेमा जोड दिए ।

कागतीको आयत रोक्ने अभियान बेगनासबाट शुरु भएको बताउदै सरकाले गरेको लगानीलाई परिणाम मुखी बनाउन किसानहरुलाई आग्रह गरे ।

जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सावित्री भण्डारीले बच्चा हुर्काउदा जस्तै गरि कागतीको विरुवाको संरक्षण गर्नुपर्ने बताइन बेगनासमा शुरुभएको कागती खेती अभियान देशकै नमुना बन्नुपर्ने बताइन् ।

कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत पकेट र बलक कृषि ज्ञानकेन्द्रले सञ्चालन गरेको जानकारी दिदै ।

सरकारको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा कुल ३२ लाखको लगानीमा वेगनासमा कागती खेती शुरु भएको हो । परीक्षणको रुपमा हेरीएको कागती खेती कृषकहरुले राम्रो गरे पकेट्बाट बलकमा जान सकिने तर सम्झौता अनुसार काम नगरे आफ्नो कार्यालयले भुक्तानी समेत नगर्ने बताए ।

अधिकारीले वेगनास क्षेत्रमा १७ हजार कागतीको विरुवा रोपिने बताए । कोट देउराली बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड पोखरा ३१ वेगनास मार्फत कागती पकेट सञ्चाललक समिति गठन गरेर विरुवा रोप्न शुरु भएको समितिका अध्यक्ष विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य चतुरे विक, वडा नम्बर ३१ का सदस्य पुर्णखर पाण्डे, कोट देउराली बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र सापकोटा, कागती पकेट सञ्चालक समितिका सचिव श्रीराम कडेल लगायतले जानकरी दिए ।

कमेन्टहरु
Loading...