जंगल फेस्टिभल अबदुई दिनबाँकी, जंगलभित्रको रेस्लिङले तान्यो दर्शक

पोखरा, १९ फागुन /विहिबार तेस्रो सँस्करणको जंगल फेस्टिभलको आठौँ दिन । जंगलकाविभिन्न रमाईला कुराहरुको अवलोकनगर्नुसँगै विहिबार शान्तिवन वाटिकामा लाइभ रेस्लिङ हेर्न आउने दर्शकको सँख्यानिकै बाक्लो थियो ।

स्टेजमा राष्ट्रिय तथा स्थानियकलाकारहरुले विभिन्नखाले प्रस्तुतीदिईरहेकाथिए । बर्न टु डान्स ग्रुपको नृत्य प्रस्तुतीर यूथक्रियशन थिएटरले तयार पारेको नाटक ‘भट्टीका सपना’ हेरेर दर्शकले मनोरञ्जन लिईरहेकाथिए । र, धेरैले यीदुई प्रस्तुतीलाई रुचाए । त्यसपछि स्टेजमाझुल्किएर विश्वकै होचो व्यक्तिमध्येका एक खगेन्द्र थापा । आफ्नै कदअनुसारको खुकुरी बोकेर दौरा, सुरुवालकोटमा ठाँटिएर स्टेजमा देखापरेका खगेन्द्रको नाचलाई पनिदर्शकले खुब रुचीमानेर हेरे ।

यद्यपीदर्शकमाव्यग्र प्रतिक्षाभने रेस्लिङकै थियो । स्टेज अगाडि रेस्लिङ रिङ ठिक्क पारेर राखिएको थियो । दर्शकलाई सकेसम्मअन्तिमसम्मै राख्नकालागिआयोजकले पनि केहि बठ्याँई गरेर रेस्लिङको सेड्युल केहि ढिलै राखेको थियो । जब खगेन्द्रको खुकुरी डान्स सकियो त्यसपछि उद्घोषक सुरेन कुमार सुशिलले रेस्लिङ खेल शुरु हुने जनाऊदिए । तब जंगलमाएकाएकचर्को हुटिङ सुनियो ।

चर्को साउन्ड सिस्टम, झिलिमिलि लाइट र धुँवाको मुस्लोको बीचबाट पोखराकै रेस्लर ‘युवदादा’झुल्किए । केहि समय अगाडिसम्म स्टेजमाआँखा अडाईरहेकादर्शकको नजर अब रेस्लिङ रिङतर्फ सोझियो । भारतकाअर्का खेलाडीसँग घमासान लडेपछि अन्ततः नेपाली रेस्लर युवदादाले जितहातपारे ।

दोस्रो म्याचभारतका रेस्लर रक्की र नेपाली खेलाडी मास्कम्यानबीचभयो । यो खेलमाभने भारतको तर्फबाट खेलेका रक्कीले जितहातपारे । विहिबार तेस्रो र अन्तिमम्याच नेपालकानुवाकोटे टाइगर र भारतका फ्ल्यासबीचभयो । यो म्याचमा टाइगरको प्रहारबाट फ्ल्यास घाईते भए । यद्यपी फ्ल्यासले आफु भिड्न तयार भएको बताउँदै गर्दा पनि घाईते भएको कारण देखाउँदै टाइगरले म्याचहापे । र, तेस्रो म्याचले कुनै निक्र्यौल लिन सकेन ।

जंगल फेस्टिभलमा भएको यो रेस्लिङ म्याचलाई दर्शकले निकै रुचाएका छन् । आयोजकले पनिदर्शकलाई नयाँ स्वाद पस्कन पाएकोमाखुबदंग छ । ‘हामीनिकै खुशी छौँ । जंगलभित्र एउटा प्रोफेशनल रेस्लिङ खेललाई पस्किएर दर्शकलाई मनोरञ्जन दिनपाएकोमा ।’ जंगल फेस्टिभलको आयोजक सँस्था परिचय नेपालकाअध्यक्ष सोभित बस्यालले भने ।

फागुन १२ गतेदेखि शुरु भएको तेस्रो सँस्करणको जंगल फेस्टिभल अबदुई दिनमात्रबाँकी रहेको छ । आगामीशनिबार फागुन २१ गते तेस्रो जंगल फेस्टिभल सकिनेछ । यद्यपी यो दुई दिनमाजंगल फेस्टिभलमा सम्पूर्ण आकर्षणसँगै रेस्लिङ पनिहुने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...