जंगलभित्रहुँदैछ नेपाल र भारतका ‘रेस्लर’बीच भिडन्त

पोखरा, १७ फागुन /अग्लाकद, बडेमानकाशरिर भएका एक हुल मान्छे शान्तिवनमाजारी जंगल फेस्टिभलमा एकाएक देखिँदा मानिसहरु अलिक हच्किए । हेर्दै डरलाग्दातीमानिसहरुले अझै जंगल फेस्टिभलको स्टेजमाउक्लिएर आफ्नो ज्यान देखाए । कतिपयले बडेमानको ज्यान देखेर जिब्रो टोके ।

८ जना नेपालका र ८ जनाभारतकाती ठुला शरिर भएकामानिसहरु खासमा रेस्लिङ खेलाडी थिए । जंगल फेस्टिभलमा रेस्लिङ खेल्नकालागिउनीहरुलाई निम्ताईएको थियो । नेपाल र भारतका रेस्लिङ खेलाडीबीच जंगल फेस्टिभलमा रेस्लिङको महाभिडन्त हुदैछ ।

मंगलबार जंगल फेस्टिभलमा आएकाउनीहरुले एक अर्काको टोलीलाई भीडन्तको लागि केहि छिन जोरी पनिखोजे । र, मैदानमाएकले अर्कालाई पछार्ने भन्दै स्टेजबाट बाहिरिए । दुई देशका रेस्लरलाई एउटै रिङमा भिडाउने प्रयास बल्ल सफल भएको आयोजक परिचय नेपालका अध्यक्ष सोभित बस्यालले बताए । रेस्लिङ ४ दिनसम्मचल्नेछ । ‘पोखरामा यस्तो रेस्लिङ पहिलो पटक हुँदैछ,’ बस्यालले भने, ‘पोखरेलीदर्शकलेरेस्लिङको मज्जा नजिकबाट हेर्न पाउनेछन् ।’ उनकाअनुसार बुधबार दिउँसो २ः३०देखि रेस्लिङ सुरु हुनेछ । पहिलो दिनमा ३ वटा म्याच गराइनेछ ।

भारतका आइएक्सडब्लुका म्यानेजर मनिशराज पुतले दुई देशबीचको राजनीतिक अवस्था खराब भए पनि रेस्लिङबाट राम्रो सम्बन्धबन्ने बताए । उनले भारतसँग नेपाल रेस्लिङमा भिड्नु गौरवको कुरा भएको सुनाए । उनले बडीविल्ड रेस्लर भारतमा भएकोले जीत आफ्नो पोल्टामा हुने दावी गरे ।

नेपाल रिङ रेस्लिङ एसोसियसनअध्यक्ष सुनिताथापाले प्रतिस्पर्धा निकै रोमाञ्चकबन्ने बताइन् । उनले भारतका रेस्लरले गरेको चुनौतिलाई स्विकार्दै बलले भन्दा दिमागले जित्न सकिने बताइन् ।

कमेन्टहरु
Loading...