इम्प्रेसन नेपालको कास्की शाखा गठन

पोखरा, ६ माघ /आइसिटी, मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन नेपाल (इम्प्रेसन–नेपाल¬)को कास्की शाखा गठन भएको छ । शनिबार पोखरामा आयोजित भेलाले कृष्णराज पोखरेलको नेतृत्वमा सर्वसम्मत समिति गठन गरेको हो ।

शाखाको उपाध्यक्षमा मातृका पोखरेल, सचिवमा सुरेन्द्र पौडेल, सहसचिवमा घनश्याम गौतम छन् । सदस्यहरुमा कृष्णप्रसाद पाण्डे, भुवन बराल, रमेश बराल, महेन्द्रजंग थापा क्षेत्री, बाबुराम लामिछाने, सुरेश ढुंगाना र मनोज बास्तोला छन् ।

इम्प्रेसन नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा प्रदेश इन्चार्ज गुणानिधी पाण्डेको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रम सञ्चालन कास्की जिल्ला इन्चार्ज रोजी श्रेष्ठले गरेकी थिइन् ।

सूचना तथा प्रविधि, प्रेस र सञ्चारमाध्यममा कार्यरतहरुको संस्था इम्प्रेसन नेपालले सदस्यहरुको हकहितमा विभिन्न कार्यक्रमहरु गरिरहेको केन्द्रीय अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।

कमेन्टहरु
Loading...