‘आइएमई पे’ बाट पेट्रोलको पैसा तिर्दा नगद छुट

पोखरा, २१ फागुन /पोखरा सगँ गण्डकी प्रदेशका पेट्रोल पम्पमा आइएमई पे बाट पैसा तिर्दा नगद छुट दिने भएको छ । गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसनमा आवद्ध रहेका पेट्रोल पम्पहरूमा पेट्रोलको भुक्तानी विद्युतीय कारोबार ‘आइएमई पे’बाट गर्दा नगद छुट पाइने भएको हो ।

मंगलबार पोखरामा आयोजित विशेष कार्यक्रममा ‘आइएमई पे’का तर्फबाट आइएमई गु्रपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनका तर्फबाट अध्यक्ष राजन गोंगजूले हस्ताक्षर गरेका छन् । यस क्षेत्रका ५४ वटा पेट्रोलपम्पबाट सेवालिने सेवाग्राहीहरु आइएमई पेको सेवाबाट लाभान्वित हुने पौडेलले बताए ।

गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष गोंगजुले ‘आइएमई पे’सँगको सहकार्यबाट पेट्रोलको भुक्तान विद्युुतीय माध्यमबाट गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । सम्झौता हस्ताक्षर भएको दिनबाट दुई वर्षसम्म कायम हुनेछ । आइएमई पे एपबाट पेट्रोल खरिद गर्दा प्रतिलिटर २ रुपैयाँ बोनस प्राप्त गर्न सकिनेछ ।

झन्डै २० हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।

आइएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी रहेको पौडेलले जानकारी दिए । आइएमई डिजिटलले ‘आइएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

भिडियो

Ime pay

Posted by Ganthan.com on Tuesday, March 5, 2019

 

कमेन्टहरु
Loading...