आइएमई लाइफ इन्स्योरेन्स दोस्रो वर्षमा

काठमाडौं, १ भदौ/आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यावसायिक कारोबार बिधिवत रुपमा सञ्चालन भएको एक वर्ष पुरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी शुक्रबार प्रथम वार्षिकोत्सव मनाएको छ ।कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक समिति अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताए । चालु आर्थिक वर्ष २०७५÷७६ मा समेत उल्लेख्य शाखा बिस्तार गरी सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पु¥याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने उनले बताए । जीबन बीमा व्यवसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आकर्षक एवं उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यान्वयन गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीले आगामी दिनमा सबैको लागि पहँुच हुने, लाभदायक तथा नवतिम् थप बीमा योजनाहरु ल्याइने जनाएको छ । कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्र्रक्रियाहरु पुरा गरी सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताएको छ ।
कम्पनी सञ्चालन भएको १ वर्ष भित्र नै कम्पनीको सुखद् एवं सफलतामा सहयोग पु¥याउनु नियमनकारी निकाय बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, सरोकारवाला सम्पूर्ण निकायहरु, सञ्चालक समितिका सदस्यहरु, सस्थापक शेयरधनी महानुभावहरु, कर्मचारीहरु, अभिकर्ताहरुप्रति कम्पनीले धन्यवाद एवं कृतज्ञता ज्ञापन गरेको छ ।

व्यवसाय सुचारु भएको प्रथम वर्षमा नै कम्पनीले देशका सातै प्रदेशका विभिन्न ५० स्थानमा शाखा कार्यालयहरु स्थापना गरी बीमा सेवा पु¥याउदै आएको छ । कम्पनीले यस आर्थिक वर्ष २०७५÷७६ मा समेत ४५ शाखाहरु बिस्तार गरी बीमाको पहुँच तथा सेवामा गुणात्मक देन दिने योजना तर्जुमा गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ मा रु. ५३.५० करोड बीमा शुल्क संकलन गर्न सफल भएको थियो ।

कमेन्टहरु
Loading...