हुन्डाईको ‘द नेक्स्टजेन भर्ना’ पोखरामा सार्वजनिक

पोखरा, २७ कात्तिक /लक्ष्मी हुन्डाईले नेपालमा भित्र्याँएको नयाँ संस्करण ‘द नेक्स्टजेन भर्ना’ सार्वजनिक गरेको छ । देशभरका शोरुमबाट एक साथ सार्वजनिक गर्ने क्रममा पोखरामा गाडीको बिक्री शुभारम्भ गरिएको हो ।

लक्ष्मी हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र निर्देशक सुजल श्रेष्ठले भर्नाको पोखरामा बिक्री शुभारम्भ गरे । सार्वजनिक भएको भर्ना ३ वटा मोडलमा उपलब्ध रहेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

‘पाँचवटा कलर र आकर्षक डिजाइनमा गाडी बजारमा आएको छ,’ उनले भने, ‘यो गाडी बहुप्रतिक्षित रहेकाले धेरैको रोजाईमा पर्ने हामीले विश्वास लिएका छौं ।’

गाडीको सुरुवाती मूल्य ४२ लाख ९६ हजार रुपैयाँ छ । ४४ लाख ९६ हजार र ४६ लाख ९६ हजार मूल्यका गाडी पनि उपलब्ध छन् । आकर्षक बनोट, अत्याधुनिक विशेषता तथा सुविधाले भर्ना गाडीले नेपालको अटो बजारमा नयाँ रेकर्ड राख्ने कम्पनीको विश्वास छ । नेपालमा यो गाडी पेट्रोल भेरियन्टमा मात्र उपलब्ध रहेको सेल्स एण्ड अपरेसन इन्चार्ज भीमसिंह खत्रीले जानकारी दिए ।

‘भर्ना गाडी अत्याधुनिक र शक्तिशाली छ,’ उनले भने । भारतमा बनेको उक्त गाडी नेपाली बाटो सुहाउने रहेको खत्रीले बताए । संसारभर अहिलेसम्म यो कारका ग्राहक ९० लाख पुगिसकेको खत्रीले बताए । ‘पोखरा तथा आसपासका क्षेत्रमा यो गाडीमा ग्राहकको आकर्षण देखिने हामीले विश्वास लिएका छौं,’ खत्रीले भने । उनले पहिलेका गाडीहरुमा भन्दा धेरै नै सुविधाहरु रहेको बताए ।

कमेन्टहरु
Loading...