पोखरामा ‘हुण्डाई एक्सचेञ्ज’ अफर

पोखरा, १७ साउन /नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले बिहीबारबाट ‘हुण्डाई एक्सचेञ्ज’ अफर सुरु गरेको छ ।

एक्सचेञ्ज कार्यक्रम आइतबारसम्म जारी रहने कम्पनीले जानकारी दिएको छ । देशभरका सबै शोरूममा सञ्चालन हुने क्याम्प पोखरामा पनि जारी रहेको कम्पनीको भनाई छ ।

जुनसुकै ब्राण्डका गाडीहरुको सट्टा हुण्डाईका सबै मोडलका गाडी एक्सचेञ्ज गर्न पाइनेछ । पुरानो गाडीको उचित मूल्य प्रदान गरिने कम्पनीले जनाएको छ ।

एक्सचेञ्जसँगै हुण्डाईले नगद छूट, स्पट फाइनान्स र भ्यालुएशन तथा एक्सचेञ्ज बोनसको सुविधा पनि उपलब्ध गराइने जनाएको छ । टेष्टड्राइभ गरेका मध्येबाट लक्कीड्रका आधारमा भाग्यशाली ग्राहकलाई स्मार्ट फोन प्रदान गरिने जनाएको छ ।

कमेन्टहरु
Loading...