हुण्डाईको एक हप्ते मेघा एक्सचेञ्ज सुरु

पोखरा,२६ कार्तिक/हुण्डाई गाडीको पोखराको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आईतवारदेखी हुण्डाई मेघा एक्सचेञ्ज वुईक कार्यक्रम ल्याएको छ ।

मंसिर २ गते शनिबार सम्म चल्ने कार्यक्रममा हुण्डाई व्राण्डका जुनसुकै मोडलहरुमापनि साटफेरको व्यवस्था रहेको प्रालिका सेल्स तथा अपरेशन ईन्चार्ज भिमसिँह खत्रीले जानकारी दिए ।  हुण्डाईले यो कार्यक्रम देशभर एकैपटक सुरु गरेको हो ।

ग्राहकहरुका लागि उत्कृष्ट साटफेर योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न कार्यक्रम ल्याईएको कम्पनीको भनाई छ । एक्सचेन्जमा ६ लाख २० हजार रुपैयासम्म लाभ लिन सक्ने वताइएको छ ।

यसका साथै उत्कृष्ट नगद छुट, २० हजारसम्म लोयल्टी वोनस, १० हजार सम्म एक्सचेन्ज वोनस , फाईनान्स तथा बिमाको सुविधा, ४ वर्ष फ्रि सर्भिस, र ३ वर्ष को वारेन्टि प्रदान गरिने खत्रीको भनाई छ ।

कमेन्टहरु
Loading...