हुण्डाई ‘ग्राण्ड आई टेन’को पोखरामा विक्रि सुरु

पोखरा, ३ पुस/कोरियनकार हुण्डाईको नयाँमोडल ग्राण्ड आई टेनको विक्रिपोखरामापनि सुरु भएको छ । हुण्डाईको नेपालकालागिआधिकारिक वितरक तथापोखराकालागिआधिकारिक विक्रेताएल.आई मोटर्स प्रालिले बुधबारदेखि ग्राण्ड आई टेनको विक्रि सुरु गरेको हो । यसअघि मंगलबार राजधानीमा ग्राण्ड आई टेन सार्वजनिकगरिएको थियो ।पोखराको उत्तमचोकस्थित हुण्डाई सोरुममाबुधबार आयोजित एक कार्यक्रमबीचएल.आई मोटर्स प्रालिकाकार्यकारी निर्देशक सुनिलश्रेष्ठले सार्वजनकि गरे । पर्फरमेन्स, स्टाइल, स्पेस, इन्धनकिफायतीजस्ताविशेषता रहेको यो गाडी बढी सुरक्षित मानिन्छ । हुण्डाई यूरोपियन डिजाइन सेण्टरजमर्नीमा डिजाइन गरिएको ग्राण्ड ‘फ्ल्वुइडिक डिजाइन थिम’मानिर्माण गरेको कम्पनीले बताएको छ । प्राविधिकविशेषता रुचाउने ग्राहककालागिउक्त गाडी निर्माणगरिएको पनिकम्पनीको भनाइ छ ।

Hyundai car pokharaलक्ष्मी ग्र्रुपको एल.आई मोटर्स प्रा.लिकाकार्यकारी निर्देशक सुनिलश्रेष्ठले हुण्डाईले ग्राहकलाई सधैं उच्चप्राथमिकतामा राखेको बताए । ग्राण्डले नेपाली अटो बजारमाआफ्नो उपस्थिति बढाउने दाबीपनिउनले गरे । एल.आई मोटर्स प्रालिका सेल्स तथाअपरेशनइन्चार्ज भिमसिंह खत्रीले ग्राण्ड विश्वस्तरीय उत्पादन रहेको बताए । उनले उच्च मापदण्डमा आधारित यो गाडी गुणस्तर, टिकाउ तथाविश्वसनीयताकालागि प्रतिबद्ध रहेको धारणा व्यक्त गरे । ग्राण्डले ह्याचब्याक सेग्मेण्टमा नयाँ बेञ्चमार्क बनाउने दाबीसमेत उनले गरे ।

रियर एसी भेण्ट, ब्लूटुथ कनेक्टिभिटीसहितको स्मार्ट की, ड्युअल एयर ब्याग एण्ड एबीएस, फ्रण्ट एण्ड रियर पावर उटलेट्सलगायतविशेषता गाडीमा रहेको छ । यसमा १ दशमलव २ लिटर काप्पा पेट्रोल इञ्जिन रहेको कम्पनीले बताएको छ । ५ गियरसहितको उक्त गाडीले प्रतिलिटर १८ दशमलव ९ माइलेज दिने बताइएको छ । गाडीको मूल्य २३ लाख २६ हजार रुपैयाँदेखि २६ लाख ९६ हजारसम्मतोकिएको छ । उक्त गाडीको खरीदमा सीमित समयकालागि १ लाख५० हजारसम्म छूट प्रदानगरिने जानकारी दिइएको छ । हाल गाडी विभिन्नआठ रङमाउपलब्ध रहेको एल.आई मोटर्स प्रालिको बताएको छ । तस्वीर ः दिपक परियार

कमेन्टहरु
Loading...