जलमहल होटल पोखरामा सञ्चालनमा

सागर राज तिमिल्सिना
पोखरा, ३० फागुन/पोखरा १७ घारिपाटनमा होटल जलमहल सञ्चालनमा आए छ । चार वर्ष अगाडी देखि फनपार्क सञ्चालन हुदै आएको ठाउँमा थप गरेर होटल सञ्चालन ल्याएको संचालक दिनेश प्रसाईँले जानकारी दिए । सँगै २ वर्षदेखि सानोआकारको रिसोर्ट संचालनमा रहेपनि अहिले बिस्तार गरेर सुविधासम्पन्न होटल बनाएको उनले बताए ।

जलमहल होटल पोखरामा सञ्चालनमा
जलमहल होटल पोखरामा सञ्चालनमा

फनपार्कसँगै दुईवर्षदेखि संचालिन १५ कोठाको चिटिक्कको रिसोर्ट अब ३६ कोठाको सुविधासम्पन्न होटलमा बिस्तार गरेको उनले बताए । त्यसका लागि करिब ५ करोड रुपैयाँ लगानी गरेको उनले जानकारी दिए । ‘फनपार्क र १५ कोठाको रिसोर्ट बनाउँदा करिब ७ करोड रुपैयाँ लगानी भएको थियो । तर, अब होटल बिस्तार गरेर ३६ कोठा पु¥याउँदा लगानी बढेर १२ करोड रुपैयाँ पुगेको छ,’ उनले भने, ‘पर्यटन क्षेत्रबाट आशावादी भएर लगानी गरेका छौं ।’

१८ रोपनी क्षेत्रफलमा फैलिएको फनपार्कमा ठुलो पौडी पोखरी सहित, रेलगाडि, कार, भिडियो गेम, फ्लाईङ चेयर, मसाज चेयर लगायतका १५ थरि मनोरञ्जनात्मक पुर्वाधार छन् । बच्चा देखि बृद्ध सम्मलाई हुने गरे पौडी पोखरी बनाएको उनले बताए । होटलमा ‘डिलक्स’, ‘सुपरडिलक्स’, ‘जलमहल प्रिमियम’ र ‘कनेक्टिङ’ गरी चार थरिका सुविधासम्पन्न ३६ कोठा छन् । जलमहल प्रिमियम रुमका बालकोनी सिधै इन्फिनिटि डिपपुलसँग जोडिएका छन् ।

जलमहल होटल पोखरामा सञ्चालनमा
जलमहल होटल पोखरामा सञ्चालनमा

होटलका सबैकोठा वा कोठाका बालकोनीबाट पुल र पार्क साथै धवलागिरी, अन्नपूर्ण र मनास्लु हिमश्रृखंलाका मनोरम दृश्य देख्न सकिने प्रसार्इँले बताए । प्रसाईँका अनुसार विदेशी पाहुनाका लागि डिलक्सरुमको मूल्य प्रतिकोठा एकरातको ५० अमेरिकी डलर शुल्क तोकिएको छ । सुपर डिलक्स रुममा बस्नेले ७५, जलमहल प्रिमियम रुमका पाहुनाले एकसय र कनेक्टिङ रुममा पाहुनाले १२५ डलर शुल्क तिनुपर्नेछ । स्वदेशी पाहुनाले यो मूल्यमा ३० प्रतिशत छुट पाउनेछन् । पाहुनाले तिरको शुल्कमै ब्रेकफास्ट, स्विमिङ र बालबालिकाका लागि फनपार्कको ५ सय रुपैयाँ बराबर टिकट पाउनेछन् ।

कमेन्टहरु
Loading...