मिट टाउन ग्यालेरिया खुल्यो, महिला तथा पुरुषको हेयर कटिङ एवं स्पाः

पोखरा १, मंसिर/पोखरामा महिला तथा पुरुषहरुको लागि हेयर कटिङ एवं स्पाः सहितको सेवा एकै स्थानबाट संचालन भएको छ । अन्तराष्ट्रिय स्तरको सेवा दिने उद्धेश्यले हङकङ व्यूटि ईन्स्टिच्यूट प्रालिले आफ्नो शाखाको रुपमा पोखरा सभागृह न्युरोडमा रहेको मिट टाउन ग्यालेरियामा सेवा शुक्रबारबाट औपचारिक रुपमा सुरु गरेको हो ।

हङकङ युनिसेक्स सेलुन नयाँ अवधारणका साथ पोखराको बजारमा माग भए अनुसार आफुहरुले अन्तराष्ट्रिय स्तरकै सेवा दिन अनुभवी तथा दक्ष जनशक्ति एवं मलेसिया, कोरीया र हङकङबाट आयात गरिएका सामाग्रिको अधिकतम प्रयोग हुने भएको प्रालिका अध्यक्ष सौन्दर्यविद मिना गुरुङले बताईन । उक्त सेलुनमा हेयर कटिङ, मेनिकेयर, पेडिकेयर, थेसियल, फुट मसाज, हेड मसाज, वडि मसाज सहित वुटिक सेलुनको रुपमा सेवा दिने भएको संस्थाका क्रियटिप डाईरेक्टर युवा उद्यमी प्रजित गुरुङले बताए ।

न्यूनतम ५ सय देखि फुल वडि मसाजको ३ हजार ५ सय सम्मको शुल्कमा उक्त सेवा दिने जसमा दुई जनालार्ई बिषेश छुट हुने संस्थाले जनाएको छ । सौन्दर्यविद मिन गुरुङकै उत्पादन हेयर स्टाईलिस्ट विरेन, व्यूटि थेरापिष्ट सलिना लिवाङग् लगायतका दक्ष जनाशक्ति उक्त सेलुनमा रहेकाछन। संस्थामा हाल करिब १५ जनाले रोजगार पाएकाछन। हङकङ आईडि समेत भएका युवा उद्यमी गुरुङले स्वदेशमै केहि गरौं भन्दै युवाहरुलाई लक्षित गरी उक्त सेवा संचालन गरेको उनले बताए ।

यसैबिच शाखाको एक समारोहका बिच पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे । मेयर जिसीले रिवन तथा केक काटेर उद्घाटन गरेसंगै उनको कपाल हेयर स्टाईलिस्ट विरेनले काटेका थिए । प्रालिका अध्यक्ष मिना गुरुङको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...