आठौ हेमजा आलु महोत्सव फागुनको अन्तिम सातामा

पोखरा, ८ माघ/ आठौ हेमजा आलु महोत्सव–२०७३ फागुनको अन्तिम सातामा हुने भएको छ। सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिका अनेक भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सव फागुन २३ देखि चैत १ गते सम्म विष्णुपादुका खेल मैदानमा हुदै छ।

समग्र यस क्षेत्रको कृषि, पर्यटन, व्यवसाय, संस्कृति, साहित्य, खेलकुद लगाएतको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो। विष्णु पादुका क्लवका उपाध्यक्ष ज्ञानु थापाको संयोजकत्वमा मूल आयोजक समिति समेत गठन गरिएको छ। मूल आयोजक समितिको महासचिवमा वसन्तकुमार श्रेष्ठ, सचिवमा ऋषी सापकोटा, कोषाध्यक्षमा महेन्द्रसिंह थापा, सहकोषाध्यक्षमा नरेश शिरिस रहेका छन्।

त्यसैगरी महोत्सवलाई सफल बनाउनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ। अर्थ संकलन उपसमितिको संयोजकमा राजेन्द्र थापा, लेखा समिति संयोजकमा गोविन्द पौडेल, प्रचार प्रसार उपसमिति संयोजकमा प्रकाशचन्द्र सापकोटा, सांस्कृतिक उपसमिति संयोजकमा परशुराम अधिकारी, सञ्चार व्यवस्थापन उपसमिति संयोजक विश्व अधिकारी, महिला समूह परिचालनमा महिला समन्वय समिति पोखरा–२७ र २९, आमा समूह परिचालन उपसमिति संयोजकमा सरस्वती थापा, अतिथि सत्कार उपसमिति संयोजकमा लक्ष्मण रोकाह, स्वयमसेवक परिचालन उपसमिति संयोजक राजेन्द्र थापा, छपाई उपसमिति संयोजकमा उदयकुमार श्रेष्ठ रहेका छन्।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुती, जापानिज सुन्तला, च्याउँ, कफि चियाको विक्रि एवम् प्रदर्शनी रहेको छ। महोत्सवा सेती नदी ¥याफ्टि·, जीपलाईन फ्लायर, बन्जी जम्पको टिक उपलब्ध गराईने संयोजक ज्ञानु थापाले जानकारी दिए। महोत्सव सम्पन्न गर्नका लागि करिव २७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए।
विष्णु पादुका क्लवका अध्यक्ष रमेश कार्कीले महोत्सवलाई सफल बनाउनका लागि सवैलाई आग्रह गरे।

कमेन्टहरु
Loading...