Categories
आर्थिक

टान पोखराको अध्यक्षमा हरि भुजेल बिजयी (कस्को कति मत सहित)

पोखरा, २७ साउन/ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको अध्यक्षमा हरि भुजेल बिजयी भएका छन् ।

उनले प्रतिद्धन्दी भोज कुमार श्रेष्ठलाई ११ मतले पराजीत गर्दै विजयी भए ।

१ सय २१ मत खसेको हरी भुजेलले ६४ मत प्राप्त गरे भने भोजकुमार श्रेष्ठले ५३ मत प्राप्त गरे । त्यसै गरी प्रथम उपाध्यक्षमा शुसिल पौडेल बिजयी बने ।

उनले विश्राज अधिकारीलाई ९ मत अन्तरले हराए । पौडेलले ६३ मत प्राप्त गरे भने विश्वराज अधिकारीले ५४ मत प्राप्त गरे ।

द्धितीय उपाध्यक्षमा धर्म पन्थी विजयी बने । पन्थीले ५४ मत प्राप्त गरे भने दिवस लामिछानेले ४४ र श्याँम थापाले १७ मत प्राप्त गरे । त्यसै गरी सचिब पदमा जिवनराम सापकोटा विजयी बने ।

उनले ५२ प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी रामचन्द्र अधिकारीले ४० र मिलन तिवारीले २३ मत प्राप्त गरे ।

कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य विजयी भए । उनले ८१ मत प्राप्त गरे भने किसन कुमारी गुरुङले ३६ मत प्राप्त गरिन् ।

सहसचिबमा उदय सुबेदीले ६९ मत प्राप्त गर्दै बिजयी बन्दा थानेश्वर बरालले ४४ मत प्राप्त गरे ।

सदस्यहरुमा प्रकास बस्ताकोटी ८६, विश्वहाङ राई ७२, राधिका पौडेल ७२, कालीबहादुर नेमाङ ७१, विकास गुरुङ ६९ र रेशम अधिकारी ५५ मत ल्याउदै विजयी बने ।

तिर्थराज सुबेदी ५४, अमृतप्रसाद तिवारी ४२, नारायण प्रसाद भण्डारी ५०, गोपाल कृष्ण संग्रौला ३६ र बलबहादुर नेपालीले ३५ मत प्राप्त गरे ।