आलु महोत्सवमा माटो परिक्षण शिविर

पोखरा, २४ फागुन/ आठौ हेमजा आलु महोत्सव माटो परिक्षण शिविर राखिएको छ। शिविर बुधबार सम्म चल्नेछ।
माटोको उर्वराशक्ति र माटोको दिगोपना कायम राख्नका लागि कृषकलाई माटोको प्राविधिक ज्ञान दिने उद्देश्यले यो शिविर राखिएको हो। नमुना कृषि सेवा केन्द्र हेमजाको लक्षित कार्यक्रम अन्गर्तत क्षेत्रीय माटो परिक्षण प्रयोगशाला पोखरा र जिल्ला कृषि विकास कार्यालय कास्कीको अयोजनामाच शिविर सञ्चालन गरिएको हो।

शिविरमा ३५ वटा माटोको नमुना परिक्षण गरिएको क्षेत्रीय माटो परिक्षण प्रयोगशाला पोखराका प्राविधिक सहायक बावुराम जिसीले जानकारी दिए। नमुना परिक्ष भएको माटोमा नाईट्रोजनको मात्रा मध्यम, फस्फोरस मध्यम, पोटासियम अधिक, अम्लियपना रहेको देखिएको छ। माटोको दिगोपन राख्न कृषि चुना, प्राङ्गारिक मल गोठे मलको अधिकरुपमा प्रयोग गर्नु पर्ने कृषि सेवक केन्द्र हेमजाको प्राविधिक सहायक युवराज ढकालले जानकारी दिए।

‘हेमजाको खेती गर्ने पद्धती वहुवाली पद्धती छ। विरुवालाई आवश्यक पोषण तत्वहरु प्रयाप्त रुपमा उपलब्ध हुदैन’–ढकालले भने–‘माटोको अवस्थाको उर्वरा शक्ति र माटोको दिगोपना राख्नका लागि कृषि चुना, प्राङ्गारिक मल र गोठे मलको प्रयोग गर्नुपर्दछ। बुधबार पनि माटो शिविर परिक्षण राखिएकोले माटो ल्याएर परिक्षण गर्न उनले आग्रह गरे।

महोत्सवको दोस्रो दिन सम्म १० हजार दर्शकले अवलोकन गरेको विष्णुपादुका क्लव हेमजाका अध्यक्ष रमेश कार्कीले जानकारी दिए। ‘कृषकलाई नै प्रेरित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेका हौ’–अध्यक्ष कार्कीले भने–‘महोत्वसमा आएर यहाँका कृषकलाई उत्साह थपिदिने काम गर्नुहुन्छ भन्ने हामीले विश्वास लिएका छौ।’ महोत्सवको दोस्रो दिन सम्म भित्र वाहिर गरि करिव २० लाखको आलुको कारोवार भएको मुल आयोजक समितिका कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए।

महोत्सवमा थप आकर्षका लागि २६ गते देखि कन्सर्ट पनि राखिएको मुल आयोजक समितिका संयोजक ज्ञानु थापाले जानकारी दिए। उनका अनुसार महोत्सवमा नविन के भट्टराइको व्याण्ड, दिपक वज्रचार्यको व्याण्ड, नेचर व्याण्ड चितवन र स्याडोज व्याण्ड वुटबलकोको प्रस्तुती रहने छ। महोत्सवमा मंगलबार राजु गुरुङ, टेक क्षेत्री, सविना गुरुङ, भूमिका गिरी, कञ्चन राईको प्रस्तुती रहेको थियो ।

बुधबार लोक दोहोरी तर्फ राजु परियार, जिवन दाहाल, ज्ञानेश्वर सुवेदी, निशा पोख्रेल दिलु लामा, हास्य तर्फ लक्ष्मण ढु·ान र लवकुशको प्रस्तुती रहने साँस्कृतिक उपसमिति संयोजक परशुराम अधिकारीले जानकारी दिए। ‘सुन्दर ठाँउ हेमजा जाऔं आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिका अनेक’ भन्ने नाराका साथ सञ्चालन भएको महोत्सव चैत १ गते सम्म हुनेछ। महोत्सव अवधिभर जान आउनका लागि वेलुका नौ वजे सम्म वसको सुविधा मिलाइएको यातायात व्यवस्थापन उपसमिति संयोजक मेघराज त्रिपाठीले जानकारी दिए।

महोत्सवमा प्लाष्टिक झोला र गिलास निषेधीत गरिएको छ भने शान्ति सुरक्षालाई मध्येनजर गरेर ड्रोन क्यामारा जडान गरिएको छ। महोत्सवमा रत्यौली गीत प्रतियोगिता, कृषि कविता प्रतियोगिता राखिएको छ। समग्र यस क्षेत्रको कृषि, पर्यटन, व्यवसाय, संस्कृति, साहित्य, खेलकुद लगाएतको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुती, जापानिज सुन्तला, च्याउँ, कफि चियाको विक्रि एवम् प्रदर्शनी रहेको छ। महोत्सवमा सेती नदी ¥याफ्टि·, जीपलाईन फ्लायर, बन्जी जम्पको टिक उपलब्ध गराईएको छ। महोत्सवमा १५ प्रकारका आलुका परिकार रहेको रेष्टुरेण्ट व्यवस्थापन उपसमिति संयोजकमा विजय थापाले जानकारी दिए।

कमेन्टहरु
Loading...