हेम्जाको आलुमहोत्सव हेर्न आरुखर्क स्याङजा देखि पोखरा

पोखरा, २६ फागुन/स्याङजा आरुखर्कका कृषक अबलोकन अध्ययन भम्रणको लागि आलु गाउँ हेमजामा आइपुगेका छन् । ठुलाखेत आइ.पि.एम कृषक पाठशाला आरुखर्क ८ स्याङजा र जिल्ला कृषि विकास कार्यलय स्याङजाको संयुक्त आयोजनामा किसानहरु आलुमहोत्सव अबलोकन संगै हेमजाका किसानहरु संग प्रत्यक्ष भेटघाट गर्ने र आलुमहोत्सव अबलोकन गर्न आएको शिव सुवेदीले जानकारी दिनु भयो ।

४० जना किसानहरु सहभागी भएको अध्ययन भम्रमण आरुखर्क गाविस भित्रका सवै वडाका किसान लाई समेटेको भ्रमणमा सहभागि सिता कुवंरले बताउनु भयो ।भम्रणले आफुहरुले गर्दे आएको खेती प्रविधि र अन्यठाँउका कृषकले अपनाएको प्रविधि बारे जानकारी भएको किसानहरुको भनाईछ ।

पोखरा बाट कार्यक्रममा कृषि विभागका पुर्व उपमहानिर्देशक विरेन्द्र बहादुर हमाल पनि सहभागि हुनु भएको थियो । हमालले आलुमहोत्सव देशकै छुट्टै महोत्सव बने पनि महोत्सवमा राखिएका स्टल र गीतसंगीत आलुमय नभएको बताउनु भयो । उहाँले किसानको महोत्सव बनाउनु पर्नेमा जोडदिनु भयो ।

कमेन्टहरु
Loading...