ग्रीन डेभलपमेन्ट बैंकले शाखा विस्तार गर्ने

पोखरा, २९ चैत /ग्रीन डेभलपमेन्ट बैंकको छैठौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण पारित गरेको छ । त्यसै गरि बैंकको कार्यक्षेत्र तनहुँ र नवलपुर जिल्लामा विस्तार गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय बाग्लुङबाट पोखराको सभागृहमा स्थानान्तरण गर्न नेपाल राष्ट्र बैंकबाट प्रारम्भीक स्वीकृति प्राप्त गरी स्थानान्तरणको लागि भौतिक पूर्वाधार निर्माणको कार्य भईरहेको छ । आर्थिक वर्षमा ५ वटा शाखा विस्तार गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए ।

बैंकले विभिन्न वचत एवं मुद्धति खाताहरुमा आर्कषक ब्याजदर प्रदान गरेको तथा सहज र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।

बैंकले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्न वर्ग कर्जा समेत प्रवाह गर्दै आएको बताइएको छ ।

बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा बैंकका संचालक दिपेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...