पोखरा नुडल्सको नयाँ उत्पादन ‘हटपट’ चाउचाउ बजारमा

पोखरा, १५ असार  पोखरा नुडल्सले डेढ वर्षको अनुसन्धान पछि फरक स्वादको ‘हटपट चाउचाउ’ बजारमा ल्याएको छ ।

मानिसहरुको रोजाईलाई मध्यनजरगर्दै विगत डेढ वर्ष अनुसन्धान र खोज गर्दै आज (सोमबार) देखि फरक स्वादको ‘हटपट’ (Gourmet Spicy Chicken HOT POT) चाउचाउ पोखराको बजारमा आएको हो ।

कोरियन चाउचाउको स्वाद बढि रुचाईएकाले नेपाली र कोरियन स्वादको समीश्रणको रुपमा हटपट चाउचाउ बनेको पोखरा नुडल्स प्रालीका अध्यक्ष श्रीराम पाण्डेले बताए ।

उनले भने –‘डेढ वर्षको अनुसन्धान पछि यो चाउचाउ बजारमा ल्याएका हौँ । कोरियन र नेपाली स्वादको समीश्रण जस्तो छ । यो चाउचाउ सुख्खा बनाएर खाने नभई सुप बनाएर खाने चाउचाउ हो ।

सुप बनाउँदा एक प्याकेट चाउचाउमा ४०० देखि ४५० मिलिलिटर पानी राखेर पकाउँदा उत्कृष्ट स्वाद आउँछ । यसको सुपको स्वाद कोरियन फ्लेभरमा त छदैछ साथै चाउचाउको रेसा पनि कोरियन रामेनको जस्तो हुन्छ ।’

पोखरामा सोमबार आजदेखि बजारमा आएपनि काठमाडौंलगाएत अन्य ठाउँमा भने एक हप्तापछि उपलब्ध हुने पाण्डे बताउँछन् । उनका अनुसार एक प्याकेटमा यो चाउचाउ १ सय ग्राम हुनेछ र यसको मुल्य ५० पर्ने पर्नेछ ।

अहिले बनेको चाउचाउ चिकेन फ्लेभरमा भएपनि छिट्टै भेजिटेबल फ्लेभरमा निकालिने पोखरा नुडल्सका अध्यक्ष श्रीराम पाण्डे बताउँछन् । साथै धेरै पिरो मन पराउनेका लागि पनि छिट्टै टु एक्स इस्पाईसी बजारमा उपलब्ध हुने उनको भनाई छ ।

पोखरा नुडल्सका विभिन्न चाउचाउ अहिले पनि नेपाल तथा विदेशमा मन पराएको पाईन्छ । रम्बा, बोनस, जोजो जस्ता चाउचाउ पोखरा नुडल्सले उत्पादन गरिसकेको छ ।

कमेन्टहरु
Loading...