गोपालबहादुर खड्काले राजीनामा दिए

काठमाडौं, २४जेठ/नेपाल आयल निगमका तत्कालीन विवादास्पद कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिएका छन् ।निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनेर विवादित बनेका खड्काले बिहिबार​ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामापत्र बुझाएका हुन् ।यसअघि, कारबाहीका लागि आपूर्ति मन्त्रालयले बारम्बार सिफारिस गरे पनि शक्ति केन्द्रको आडमा उनी पदमा रहँदै आएका थिए ।निगममा रहँदा खरिद गरेको जग्गामा करोडौं अनियमितता भएको खुलेपछि उनीमाथि छानबिन भएको थियो ।

उनलाई मन्त्रालयमा सरुवा गरेर कुनै जिम्मेवारी दिइएको थिइएन ।खड्काले राम्रो काम गर्दागर्दै आफूलाई बदनियत राखेर जिम्मेवार विहीन गराएकाले राजीनामा दिएको बताएका छन् ।जग्गा खरिदको विषयमा तत्कालीन संसदीय समिति र महालेखा परीक्षकको कार्यालयले समेत अनियमितता भएको ठहर गरेको थियो ।स्थानीय प्रचलनमा रहेको भन्दा ४ गुणा बढी रकममा जग्गा खरिद गरेर १ अर्ब ६१ करोड रुपैयाँ भ्रष्टाचार गरेको संसदीय समितिको अनुगमनमा देखिएको थियो ।

महालेखाले पनि अर्ब बराबरकै नोक्सान राज्यलाई भएको प्रतिवेदन दिएको थियो ।अख्तियारको अनुसन्धान टोलीले पनि सोही बराबरकै बिगो कायम गर्ने सिफारिस सहितको अनुसन्धानको फाइल निर्णयका लागि पठाएको थियो ।सरकारले निगमको कार्यकारी निर्देशकबाट खड्कालाई गत असोज २ गते बर्खास्त गरे पनि सर्वोच्च अदालतको आदेशले असोज २२ मा उनी पुनर्बहाली भएका थिए ।

कमेन्टहरु
Loading...