सुनको मूल्य अहिले सम्म कै महङ्गो

काठमाडौं, २३ साउन / सुनको मूल्य अहिले सम्म कै महङ्गो हुदै प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी कायम गरेको हो ।

पछिल्लो समय सुनको मूल्यले लगातार बढीरहेको छ । शुक्रबारदेखि उकालो लागेको सुनको मूल्यले त्यसपछि हरेक दिन बढ्दैछ । आइतबार प्रतितोला ६६ हजार ८ सयमा कारोबार भएको थियो ।

नेपाली बजारमा दिनदिनै नयाँ रेकर्ड राखेको सुनको मूल्य विश्व बजारमा भने उच्च मूल्यमा पुगेको छैन । सन् २०११ अगस्ट २९ मा प्रतिऔ सुनको मुल्य १८८९.७० डलर पुगेको थियो । त्यो मूल्य अन्तर्राष्ट्रि बजारमा कायम भएको सबैभन्दा बढी हो । त्यतिबेला नेपालमा भने प्रतितोला ६३ हजारमा कामय भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने प्रतिऔंस १५ सयको डलरको हाराहारीमा छ । अहिले अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर भएका कारण सुनको मूल्य बढी भएको हो ।

अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ ।

कमेन्टहरु
Loading...