शुक्रबार सुन ६५ हजार रुपैयाँमा कारोबार

काठमाडौं, १३ असार /सुन शुक्रबार प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

असार १० गते ६५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन असार ११ गते तोलामा ५ सय रुपैयाँ घटेर ६५ हजार कायम भएको थियो ।

त्यस दिन यता सुनको मूल्य स्थिर रही सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ घटेको हो।

कमेन्टहरु
Loading...