गोर्खाली ताराबाट मिना गुरुङ सम्मानित

पोखरा ३, मंसिर /समाजसेवि, सौन्दर्यकर्मी, संचारकर्मी मीना गुरुङ गोर्खाली तारा २०७४ बाट सम्मानित भएकीछन। गोर्खा वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले आफ्नौ छैटौं बर्षको अवसरमा समाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुराएको भन्दै गुरुङलाई एक समारोहका बिच आइतबार पोखरामा अवार्डको साथमा सम्मान गरेको हो ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ११ स्थाई घर भइ विगत तीन दशक भन्दा लामो समय देखि सौन्दर्य पेशालाई निरन्तर रुपमा अंगाल्दै महिलाहरुको हकहितको लागि विभिन्न क्षेमता अभिबृद्धि तालिम तथा सिप दिदै आएकी अनेरि ल्याफ्टेन क्यू.जी.ओ.क्यून गोर्खा सिग्नर्स क्षेत्र बहादुर गुरुङकी धर्मपत्नी गुरुङलाई प्रालिले एक समारोहका बिच आईतबार पोखरामा सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी, प्रालिका अध्यक्ष हरिकुमार धमला, गोर्खा कम्युनिटी ग्रुप पोखराका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङ लगायतले सम्मानित गुरुङलाई चाँदीको अवार्ड सहित सम्मान पत्र, दोसल्ला, खादा र नगद १० हजारले सम्मान गरेका हुन । अघिल्लो बर्ष उक्त अवार्ड समाजसेवि सावित्री गुरुङले प्राप्त गरेकी थिईन । त्यसै गरी उक्त अवार्डबाट माया गुरुङ, धन सुव्वा गुरुङ, मैना कुमारी गुरुङ र चन्द्रा गुरुङ सम्मानित भई सकेका छन ।

सम्मानित व्यक्ति गुरुङले उक्त पुरस्कार राषिमा थप १० हजार सहित गोर्खाली रेडियोलाई रेडियोका स्टेशन म्यानेजर खिमा गुरुङलाइ हस्तान्तरण गरिन । सम्मानित व्यक्ति गुरुङ गोर्खा कम्युनिटीका द्धितीय उपाध्यक्ष, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका संस्थापक अध्यक्ष, हङकङ व्यूटि ईन्स्टिच्यूट एवं क्लारा ईन्टरनेश्नल व्यूटि कलेज एण्ड स्पाः का अध्यक्ष, जिफन्ट प्रदेश नम्बर ४ का सचिव, एमाले कास्कीका सदस्य, यही २१ हुने संघ तथा प्रदेशको निर्वाचनमा समानुपातिकको उम्मेदवार समेत हुन। सम्मान पछि वोल्दै गुरुङले आफ्नो कामको शिलशिलामा सम्मान पाएकोमा खुसि व्यत्त गर्दै उक्त सम्मानले समाजमा अझ थप जिम्मेवार बनाएको बताउदै आगामी निर्वाचनमा आफ्नो जित भएपछि महिला तथा वालवालिकाहरुको बिषेश अधिकार क्षंरक्षणमा आफ्नो जोड हुने उद्घोष गरिन ।

मेयर जिसीले कार्यक्रममा बोल्दै पोखरालाई स्मार्ट सिटी तथा प्रविधि मैत्री शहर बनाउने अभियानमा सवैको साथ र सहयोग आवश्यक भएको बताए । उनले भने “ महानगरपालिकाको अभियानमा सवैको साथ र सहयोग आवश्यक छ, समृद्धि पोखरा बनाउन सवैले साथ दिनुपर्छ । ” धेरैको मन जितेर लोभि पापी नभई समाजमा खुल्ला मनले लागेमा अधिकाशं नेपाली धनि हुने उनको बुझाई थियो ।

प्रालिद्धारा संचालन हुने एम्बुलेन्स सेवाको लागि स्थापना भएको अक्षयकोषमा हालसम्म ८ लाख ३ हजार संकलन भएको अध्यक्ष धमलाले बताए । कार्यक्रममा हाँस्य कलाकार उल्सन विक्रम राई (तक्मेबुढा) ले प्रस्तुत राखेका थिए। २३ वर्ष अघि धरानमा जन्मेको बराह ज्वेलरी र गोर्खा कम्यूनिटी पोखराको संयुक्त लगानीमा स्थापित गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. ले छैटौं बर्ष पूरा गरी सातौं बर्षमा प्रवेश गरेको अवसरमा प्रालिले वेष्ट स्टार्फ अफ दी ईयरबाट यस बर्ष पवित्रा सुनार र अमृत अधिकारीलाई सम्मान गरेको हो ।

सम्मानपत्रको साथमा ८ ग्राम सुनको मेडल समेत प्रदान गरिएको थियो । आर्थिक अबस्था कमजोर भई स्वास्थ्य उपचार गर्न नसकेका वा अस्पतालसम्म पुराउन कठिन भएकाहरुको लागि तथा आर्थिक अबस्थाले गर्दा पठन पाठन गर्न नसक्ने गरीब तथा विपन्न बर्गका व्यत्तिहरुको लागि आफुहरुले सहयोग गर्दै आएको अध्यक्ष धमलाले जनाए । बराह ज्वेलरीका अध्यक्ष एवं गोर्खा एण्ड बराह ज्वेलरीका संचालक शिवकुमार लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको प्रालिका प्रवन्धक सुनिल गुरुङले बताए ।

कमेन्टहरु
Loading...