गरिमाको २६ औं शाखा शाखा चापाकोटमा

पोखरा, ४ जेठ /पोखरामा केन्द्रीय कार्यालय भएको गरिमा विकास बैंकले स्याङ्जा जिल्लाको चापाकोटमा आफ्नो २६औं शाखा खोलेको छ । उक्त शाखाको सोमबार नेपाल राष्ट्र बैंकका निर्देशक चिरन्जीबी चापागाईले उद्घाटन गरे ।

शाखा कार्यालय समुद्ध्घाटन समारोहको अध्यक्षता विकास बैंकका अध्यक्ष दिलिपप्रताप खाणले गरेका थिए । बैंकले चापाकोट शाखा कार्यालय मार्फत यस क्षेत्रका बासिन्दालाई आधुनिक वित्तीय सेवा प्रवाह गर्नुका साथै यस क्षेत्रको वित्तीय पहुँच अभिवृद्धिका लागि विशेष कार्यक्रमहरु ल्याउने बताएको छ ।

आज समुद्ध्घाटन भएको स्याङजाको चापाकोट शाखा कार्यालय बाहेक नेपाल राष्ट्र बैंकबाट स्वीकृत काठमाण्डौको गोंगबु शाखा र नवलपरासीको बर्दघाट शाखा शिघ्र संचालनमा ल्याउने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास र्बैंक हो । यो बैंकले हाल २५ शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रवाह गर्दै आइरहेको थियो ।  कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक चिरन्जीबी चापागाई, चापाकोट नगरपालिकाका प्रमुख गोपी प्रसाद अर्याल,स्थानिय बुृद्धिजिबी रामचन्द्र पंगेनी,सिताराम गैर्रहे,महेशचन्द्र भटराई, बैंकका अध्यक्ष दिलिपप्रताप खाण ,बैंकका संचालक श्याम प्रसाद बस्याल, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...