गरिमाविकास बैंकको केन्द्रीयकार्यालय काठमाण्डौंमा

काठमाडौ, २४ असार /पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाण्डौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको छ । नेपाल राष्ट्र बैंककागभर्नर डा. चिरञ्जिवी नेपालले बैंकको केन्द्रीयकार्यालयको उद्घाटन गरे ।

गर्भनर डा. नेपालले राष्ट्र बैंकले तोकेको पूँजीपुर्याउने बाटोमा बैंक अघि बढेको भन्दै खुसीव्यक्त गरेका थिए । उनले अब राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रभावकारी सुपरिवेक्षणमा जोड दिने बताए । बैंक तथा वित्तीय संस्था नाफा कमाउनका लागि सञ्चालनगर्न नहुने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सेवाग्राहीलाई उत्कृट वित्तीय सेवा सहज रुपमादिन बैंकले कुनै कन्जुस्याई नगर्ने बताए । ‘हामी उत्कृट सेवादिने लक्ष्यका साथ आक्रामक उपस्थिती जनाउँदैछौं ।

आर्थिक बर्ष २०७३÷७४ को यस अवधिसम्म बैंकले १३ अर्ब ९५ करोड रुपैंया निक्षेप संकलनतथा १२ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाहगरि४२ करोड १६ लाख संचालनआम्दानी गरेको छ । केही समय अघिमात्रै १० बराबर ७ (१०ः७)को अनुपातकाहकप्रद शेयर निष्काशन गरेको बैंकको हालको चुक्तापूँजी २ अर्ब १६ करोड ९६ लाख ५१ हजार ६ सय ९ रुपैंया रहेको छ ।

यसै बिच बैंकले शुक्रबार नै चाबहिलमा शाखा समेत बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथावित्तिय संस्थानियमनविभागकाकार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले चाबहिलशाखाको उद्घाटन गरेका थिए ।

कमेन्टहरु
Loading...