गरिमा विकास बैंकको २७ औं शाखा काठमाण्डौंको सामाखुसीमा

पोखरा, ७ जेठ/पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमाविकास बैंकले पहाडदेखि तराईसम्म, शहरदेखि गाउँसम्मभन्ने नाराका साथ काठमाण्डौंको सामाखुसीमा २७ औं शाखा बिस्तार गरेको छ । शुक्रबार शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले उद्घाटन गरे ।

गरिमा विकास बैंकको २७ औं शाखा काठमाण्डौंको सामाखुसीमा
गरिमा विकास बैंकको २७ औं शाखा काठमाण्डौंको सामाखुसीमा

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले गरिमाविकास बैंकलाई विकास बैंकमा सबैभन्दा उत्कृष्ट बैंक बनाउन आफुहरु लागि परेको बताए । ‘निलगिरी विकास बैंकसंग मर्जर पुरा गरि सुभेच्छा विकास बैंकसंग मर्जरको प्रकृयामा रहेको बैंकलाई मर्जरबाटै विकास बैंकहरुमा उत्कृष्ट बैंक बनाउँछौं ।’ प्रमुखकार्यकारी अधिकृत ढकालले भने ।

बैंकर्श एशोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले ग्रामिण क्षेत्रबाट राजधानीमा शाखा खोलेर ग्रामिण क्षेत्रमा गरिमा विकास बैंकले उदाहरणिय रुपमा वित्तीय सेवा बिस्तारको काम गरेको बताए । नेपाल राष्ट्र बैंकले विकास बैंकहरुलाई सक्षम बन,क्षमता बढाउ, ठुलो बन अनिजोखिम वहनक्षमता बढाउ भने पनिखुलेर कारोबार गर्न नदिएको तर्फ राष्ट्र बैंकको ध्यानाकर्षण गराए । राष्ट्र बैंककाकार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बैंक तथावित्तीय संस्थाले संस्थागत सुशासनकायम राख्दै सामाजिकअवस्था सुधार सहितको वित्तीय सेवाप्रवाहगर्नु पर्ने बताए ।

२२ करोड ७३ लाख रुपैंया चुक्तापूँजीभएको सुभेक्षाविकास बैंकसंग गत बैशाख ८ गते मर्जर सम्झौता गरेको गरिमाविकास बैंकको हाल ८५ करोड ३२ लाख रुपैंया चुक्तापूँजी रहेको छ । यसै आर्थिक वर्ष भित्रमा मर्जर पुरा गराउने लक्ष्य सहितकाम भैरहेको र मर्जर पुरा भए पछि बैंकको चुक्तापूँजी १ अर्ब ८ करोड रुपैयाँपुग्नेछ । २०७४ असार मसान्तसम्ममा बैंकले २ अर्ब ५० करोड रुपैंया चुक्तापूँजीपुर्याउनु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुरुप पूँजीबिस्तार गर्दै गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तको अवधिमा बैंकले ७ अर्ब ८४ करोड ४९ लाख ५३ हजार रुपैंया निक्षेप संकलन, ७ अर्ब १६ करोड ८२ लाख७८ हजार रुपैंया कर्जा प्रवाह गरेको छ भने उक्तअवधिमा बैंकले १४ करोड ६६ लाख ४७हजार रुपैंया खुदनाफाआर्जन गरेको छ । गतआर्थिक वर्षको यसै अवधिमा बैंकको खुदनाफा ९ करोड ९८ लाख ९ हजार रुपैंया मात्रथियो । अहिले बैंकको जगेडा कोषमा २७ करोड २६ लाख १० हजार रुपैंया सञ्चित रहेको छ । मर्जरका कारण शेयर कारोबार रोक्काभएको यस बैंकको निष्कृय कर्जा अनुपातशुन्यदशमलव ६२ प्रतिशतमात्र रहेको छ ।

कमेन्टहरु
Loading...