काठमाण्डौंको नयाँ सडकमा गरिमाविकास बैंकको ४८ औं शाखा

काठमाडौ, २३ असोज /पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा मुख्यकार्यालय स्थानान्तरण गरेको गरिमाविकास बैंकले नयाँ सडकमा शाखाबिस्तार गरेको छ । सोमबार एक कार्यक्रमका बिच बैंकले काठमाण्डौं महानगरपालिका वडा नम्बर २२ स्थित नयाँ सडकमा आफ्नो ४८ औं शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकको बिस्तारित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराजश्रेष्ठले गरेका हुन् । बैंकका अध्यक्ष चन्द्रकान्त बराल तथा प्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको उपस्थितीमा डेपुटी गभर्नर श्रेष्ठले बैंकको नयाँशाखाउद्घाटन गरेका हुन् ।

बिस्तारित शाखाबाट लकर सुविधातथा एटीएमका साथै सबै किसिमका बैंकिङ सुविधापाउने बैंकले जनाएको छ । राष्ट्रिस्तरको गरिमाविकास बैंकले म्याग्दीको बेनीमा केन्द्रियकार्यालय रहेको निलगिरी विकास बैंक र चितवनको सुभेच्छा विकास बैंकलाई आफुमागाभिसकेको छ ।

गरिमाले राजधानीमा पाँच शाखा सहित देशभर ४८ शाखातथा १२ एटीएम बुथबाट वित्तीय सेवाप्रदानगर्दै आएको छ । विकास बैंकहरुमाउत्कृट बन्ने लक्ष्यका साथ अघि बढिरहेको बैंकले केहीदिनमा नै रुपन्देहीको मणिग्राममा ४९ औं शाखाबिस्तार गर्दैछ ।

यसका साथै बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर एकमा १० वटा शाखा सञ्चालनमाल्याउने तयारी गरिरहेको छ । यसका साथै मुलुककाअन्यपाँच स्थानमापनिशाखाबिस्तार गर्ने तयारी भैरहेको बैंककाप्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

चालु आर्थिक वर्षको असोज २२ गतेसम्ममा बैंकले १५ अर्ब ३० करोड रुपैंया निक्षेप संकलन गरी १३ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।

कमेन्टहरु
Loading...