गरिमा विकास बैंकद्वारा विद्यालयलाई खानेपानी ट्याङकी सहयोग

पोखरा, ११ मंसिर/ गरिमा विकास बैक लिमिटेडको तल्लोगगनगौंडा शाखाले पोखरा महानगरपालिका वडा नं. ३२, मजुवा स्थित सामुदायिक सरकारी बिद्यालय कालिका आधारभूत बिद्यालयलाई स्वच्छ खानेपानी ब्यवस्थापनको लागि खानेपानी ट्याङकी हस्तान्तरण गरेको छ ।

५ सय लिटर क्षमताको पञ्चकन्या कम्पनीको पानी ट्याङकी हस्तान्तरण गरिएको हो । ट्याङ्की हस्तान्तरणले विद्यालयलाई खानेपानीको लागि सहज हुने विश्वास समेत लिईएको छ ।

बिकास बैकको पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारी, लघुबित्त बिभाग प्रमुख नविन प्याकुरेल, तल्लो गगनगौडा शाखाका प्रमुख केशबहादुर गुरुङ र शाखा कार्यालय तल्लो गगनगांैडाका कर्मचारीहरुको उपस्थितिमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुरुङ, प्रधानाध्यापक बिष्णुबहादुर बस्नेतलाई हस्तान्तरण गरिएको थियो ।

बैकका पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारीले सरकारले समेत उपेक्षा गर्ने गरेको सरकारी विद्यालयका विद्यार्थीहरुले स्वच्छ पिउने पानीको व्यवस्था गर्नको लागि बैकले पानी टंकी सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे । उनले गरिमा बिकास बैकले ग्राहकलाई अरु प्रतिस्पर्धीहरुसंग प्रतिस्पर्धा गर्न सक्ने सवै सेवा सुविधाहरु छिटो छरितो रुपमा प्रदान गरि ग्राहकको मन जित्न सफल भई आज विकास बैकहरुको अग्र स्थानमा रहेको समेत जनाए ।

गरिमा विकास बैकले हाल देश भरि ६६ वटा शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ । बैकले बिद्यालयको अनुरोध अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त पानी टंकी सहयोग गरिएको बैकका तल्लो गगनगौडा शाखा प्रमुख केशबहादुर गुरुङले बताए । विद्यालयको तर्फबाट बोल्दै विद्यालयका प्रधानाध्यापक बिष्णुबहादुर बस्नेतले विद्यालयको समस्या तथा संभावना बारे जानकारी गराउदै पानी टंकी सहयोगले बैंक तथा समाजको सम्बन्ध अझ प्रगाढ भएको जिकिर गरे ।

कमेन्टहरु
Loading...