पोखरामा ब्याट्रीबाट चल्ने (गंगारानी) साइकलको ब्यवशायीक यात्रा शुरु (भिडियो सहित)

पोखरा ०६ बैशाख /नाकबन्दीको समयमा कलेज जान पेट्रोल पम्पमा लाइन बस्नुपर्दाको पिडा बाट आफैले ब्याट्रीबाट चल्ने साइकल (गंगारानी साइकल) निर्माण गर्न सफल भएका बिराज भण्डारीले गंगारानी लगायत विभिन्न मोडेलका वातावरण मैत्री विद्युतीय साइकलहरु निर्माण गर्न सफल भएका छन ।

पोखराको लामाचौरमा रहेको गण्डकी कलेज अफ इन्जिनियररिङ कलेजमा अध्ययनरत भण्डारीले एक वर्ष लामो मेहनत पछि गंगारानी संगै ब्याट्रीबाट चल्ने ६ प्रकारका साइकलहरुको ब्यवशाय थालेका छन । एक्सप्लोर नेपाल एडभेन्चरस नाम दिएर भण्डारीले ब्याट्र««ीबाट चल्ने साइकलको ब्यवशाय सुरु गरेका हुन ।

गंगारानी साइकलबाट सुरु गरेका भण्डारीले ब्याट्रीबाटै चल्ने अपांग मैत्री चारपांग्रे क्यूरोसिटी साइकल र ब्यवशायीक रुपमा एक्सप्लोरा भर्सन वान, एक्सप्लोरा भर्सन टु, युनिक नामक तिन पांग्रे साइकल , लोगान नामक माउण्टेन बाइक र आउटल्याण्डर साइकल निर्माण गरेका छन । भण्डारीद्धारा निर्मित साइकल बिक्री तथा भाडामा प्रदान गरिने छ ।
भण्डारीबाट निर्मिट साइकलको बुधवार पोखराका पर्यटन ब्यवशायी गणेश बहादुर भट्टराइले उद्घाटन गरे ।

पोखरामा ब्याट्रीबाट चल्ने (गंगारानी) साइकलको ब्यवशायीक यात्रा शुरु
पोखरामा ब्याट्रीबाट चल्ने (गंगारानी) साइकलको ब्यवशायीक यात्रा शुरु

उद्घाटन समारोहमा वोल्दै भट्टराइले इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरु विभिन्न पार्टीको झण्डामा राजनिती गर्नेहरुका लागी विराज भण्डारीले राजनिती गर्नेहरुलाई आफ्नो पढाइ अनुसारको काम गरेर झापड हान्ने काम गरेको वताए । अन्य विद्यार्थीहरुले पनि विराजले जस्तै काम गर्न सकेको खण्डमा स्वदेशमानै आत्मनिर्भर बन्न सक्ने वताउदै विराजले बनाएको साइकल पर्यटकका लागी सुहाउदो रहेको वताए । भट्टराइले पर्यटकीय शहर पोखरामा वातावरण मैत्री, विना इन्धन सजिलै चल्न सक्ने साइकलको ब्यवशायीक सफलताको कामना गर्दै यसलाई अपांगमैत्री बनाएको खण्डमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बिराज भण्डारी अध्ययन अनुसारको काम गर्न सफल भएको वताउदै उनको ब्यवशायिक सफलताको समेत कामना गरे ।

सो समारोहमा वोल्दै भण्डारीले लामो समयको नाकाबन्दीको वेलामा पेट्रोलको हाहाकार मच्चिरहदा विद्यार्थीहरु लामो लाइनमा बस्दा आफुले ब्याट्रीबाट साइकल निर्माण गर्ने मनसाय राखेको र आफु सफल भएको वताए । गंगारानीबाट निर्माण सुरु गरेको भण्डारीले हाल ६ प्रकारका ब्यवशायीक साइकलहरु निर्माण सम्पन्न गरिसकेको वताउदै आफुले निर्माण सम्पन्न गरिसकेको अपांग मैत्री चार पांग्रे क्यूरोसिटी साइकल निर्माण मंहगो हुने भएकाले त्यसको निर्माणका लागी लगानी गर्ने ब्याक्तिहरुलाई समेत लगानी गर्न आग्रह गरेका छन ।

पोखरामा ब्याट्रीबाट चल्ने (गंगारानी) साइकलको ब्यवशायीक यात्रा शुरु
पोखरामा ब्याट्रीबाट चल्ने (गंगारानी) साइकलको ब्यवशायीक यात्रा शुरु

अपांग मैत्री क्यूरोसिटी साइकल चार पांग्रे रहने हुनाले अपांगहरुले सजिलै चलाउन सक्ने र जसमा बसेर अपांग भएपनि उनीहरुले विभिन्न किसिमका ब्यवशाय सञ्चालन गर्न सक्ने भण्डारीले वताए । भण्डारीले आफुले निर्माण गरी सुरु गरेको ब्यवशायबाट अपांगहरुको लागी अपांगमैत्री साधन निर्माणका लागी गंगारानी फाउण्डेशन निर्माण गरी आफुले ब्यवशाय गरेको रकमको दश प्रतिशत रकम छुट्याउने वताएका छन । १५ हजार देखि १ लाख ३० हजार सम्म मुल्य पर्ने साइकलमा ६० भोल्ट २० एम्पीएरको ब्याट्री जडान गरिएको छ । ६० देखि ८० किलोमिटर सम्म चल्ने साइकल पोखरा भ्यालीमा जहापनि सजिलै गुड्न सक्ने वताइएको छ ।

कमेन्टहरु
Loading...