गण्डकी विकास बैंकका ग्राहकले नेपाल मेडिसिटी हस्पिटलमा छुट पाउने

पोखरा, ४ भदौ / गण्डकी विकास बैंकका एटिएम कार्ड लिएका ग्राहक, बैंकका कर्मचारी र तिनिहरुको परिवारको उपचार खर्चमा

काठमाण्डौं स्थित नेपाल मेडिसिटी हस्पिटलले उपचार खर्चमा छुट दिने भएको छ ।

उपचारमा छुट दिनका लागि गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिरशेखर बज्राचार्य र

नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट जनरल म्यानेजर विजय रिमालले सो सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकका एटिएम होल्डर ग्राहकहरुले भ्यालीड एटिएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए

बमोजिमको छुट प्राप्त गर्न सक्नेछन् ।

वदलिदो परिस्थिती अनुसार ग्राहकहरुको चाहना बमोजिम बैंकका सेवालाई सर्व सुलभ र सहज रुपमा प्रदान गर्न आगामी

दिनहरुमा बैङ्किङ्ग सेवालाई थप विविधिकरण र विशिष्टिकरण गर्दै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले

बताए ।

कमेन्टहरु
Loading...