Ganthan News Pokhara
All news from Pokhara & around

गण्डकी प्रदेश चेम्बर अफ कमर्स पूर्णता

0

पोखरा, १८ असार /गण्डकी प्रदेश चेम्बर अफ कमर्सको कार्यसमितीले पूर्णता पाएको छ । मंगलबार गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष यदु अधिकारीले कमर्सको प्रथम उपाध्यक्षमा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारलाई चयन गरेका हुन ।

कमर्सको द्वितीय उपाध्यक्षमा चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइ चन्द्र श्रेष्ठ, महासचिवमा राजु श्रेष्ठ मनोनित भएका छन । त्यसैगरी सदसस्यहरुमा स्याङजा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्री बहादुर गुरुङ , कास्की चेम्बर अफ कमर्सका उपाध्यक्ष यम नाथ पौडेल र तेजेन्द्र पौडेल मनोनित भएका छन ।

कायसमिती चयन पछि सम्पन्न पहिलो बैठकमा वोल्दै यदु अधिकारीले गण्डकी प्रदेशका सम्पूर्ण जिल्ला र नगरहरुमा चेम्बर गठन गरी ब्यवशायिक हक हितको लागी स्थानिय सरकार, संघीय सरकार र प्रदेश सरकार संग सहकार्य गरी अगाडी वड्ने वताए ।

अधिकारीले चेम्बर गठन ब्यवशायीको हकहितको लागी भएकाले यसमा आवद्ध सदस्यहरुलाई समेत संस्थाको निती अनुसार अगाडी वढ्न समेत आग्रह गरे ।

त्यस्तै चेम्बरका उपाध्यक्ष किसान सुनारले गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाका ब्यवशायीहरुलाई कर शिक्षा संगै ब्यवशायीक शिक्षा प्रदान गरी समृद्ध प्रदेश बनाउनका लागी चेम्बर लागी पर्ने वताए ।

त्यस्तै महासचि राजु श्रेष्ठले प्रदेश र केही जिल्लामा भर्खर चेम्बर अफ कमर्स गठन भएको र प्रदेशका सम्पूर्ण जिल्लाहरुमा समेत छिट्टै चेम्बर गठन गरी ब्यापक सदस्यता वृद्धी गर्दै तीनवटै सरकारलाई आर्थिक निती निर्माणमा गण्डकी प्रदेश चेम्बर अफ कमर्सको सक्रिय सहभागीता जनाउने वताए ।

चेम्बरका पदाधिकारी तथा सदस्यहरुले आआफ्नो पद अनुसारको जिम्मेवारी बहन गर्दै व्यवशायीक हक हितको लागी अहम भुमिका खेल्ने प्रतिवद्धता जनाएका थिए ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।