गण्डकी सरकारको बजेट ३४ अर्ब ८४ करोड २१ लाख (के केमा कति)

पोखरा, १ असार / गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/७८ को बजेट लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेट सार्वजनीक गरेका छन् ।

चालु तर्फ १४ अर्ब ३४ करोड, पुँजीगत १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैया बिनियोजन गरेको छ ।

पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र स्थापना गर्ने लक्ष्य, पोखरा सभागृहहलको मर्मत सम्भार एवं स्तरोन्नति गर्न १ करोड

आलु खेती चैतेधान, घाँसे उत्पादन, अलैची लगायतका कृषिजन्य उत्पादनको लागि २ करोड विनियोजन

स्याउ उत्पादनमा आत्मनिर्भर बनाउन मनाङ र मुस्ताङ लगायतका ठाँउमा विशेष जोड दिइएको छ ।

बाली तथा पशुपंक्षी विमाको लागि २ करोड विनियोजन

सबै स्थानीयतहमा मुख्यमन्त्री कृषि कार्यक्रमका लागि ४ करोड २६ लाख
जेठोबुढो धान प्रवद्र्धन गर्न विशेष जोड

प्रदेशको रणनीतिक महत्वका सडकहरु ६ अर्ब १७ करोड ३ लाख

पोखरा चक्रपथ निर्माणको लागि निरन्तरता लगायतका सडक पूर्वाधारको लागि १६ करोड

पोखरा बसपार्कको स्तरोन्नति गरिने छ । लामेआहालमा बसपार्क निर्माणमा जोड दिईने छ ।

विद्युत पहुँच पुर्याउन १८ करोड

३ करोड ६० लाख सरकारी अस्पतालमा सोलार जडान गर्न

एक घर एक धाराको अभियान, दुई अर्ब
नदी नियन्त्रण र रोकथामको लागि आबश्यक बजेट

कमेन्टहरु
Loading...