मुस्ताङको सौरु विद्यालयलाई गण्डकी बैंकको सहयोग

पोखरा, २४ चैत /२०७५ साल भदौमा मुस्ताङ जिल्लाको सौरु गाउँमा आएको बाढी पहिरोले क्षति पु¥याएको सौरु आधारभूत विद्यालयको पूर्ननिर्माणको लागि गण्डकी विकास बैंकले ४५ हजार सहयोग गरेको छ ।

बिहीबार एक कार्यक्रमको आयोजना गरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनलाई गण्डकी विकास बैँक लिमिटेड जोमसोम शाखाका शाखा प्रमुख महेश थकालीले ४५ हजारको चेक हस्तान्तरण गरेका छन् ।

सहयोग हस्तान्तरण गर्दै उनले गण्डकी विकास बैँक लिमिटेडले आफ्नो स्थापनाकाल देखिनै सामाजिक क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेको वताए ।

सो अवसरमा अध्यक्ष सोजन हिराचनले सौरु गाउँ थासाङ गाउँपालिकाको गाउँहरु मध्ये अति पिछडिएको र बाटोको हिसाबले पायक नपर्ने भएको हुँदा विकास र सहयोगको लागि कसैको नजर नपरेको र स–साना भाई बहिनीहरुको भविष्यसँग जोडीएको विषय रहेको अवस्थामा गण्डकी विकास बैँकले सहयोग गरेकोमा बैँक परिवार प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

बैँकले आगामी दिनहरुमा पनि यस प्रकारका सहयोगलाई निरन्तरता दिदैं जाने कुरा बैँकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।

कमेन्टहरु
Loading...