Ganthan News Pokhara
All news from Pokhara & around

गण्डकी विकास बैंकको १४.२० प्रतिशत लाभांश स्वीकृत

0

पोखरा, ४ पुष /गण्डकी विकास बैंकको सञ्चालक समितिबाट निर्णय भई नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश भएको आर्थिक वर्ष २०७४/०७५ संचित मुनाफाबाट चुक्ता पूजीको १४.२० प्रतिशत प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

नगद लाभांश बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि बितरण हुनेछ । बैंकले आफ्नो स्थापनाकालदेखि नै शेयरधनिहरुलाई उच्च प्रतिफल प्रदान गर्दै आएको छ ।बैंकले सात वटै प्रदेश, हिमाल पहाड तराई, पूर्व मेची देखी पश्चिम महाकाली सम्म र ग्रामीण एवम नगर क्षेत्रमा शाखा सञ्जाल विस्तार गरि वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

बैंकले आकर्षक व्याजदरमा निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एविविएस, एटिएम, सिआस्वा, आइपिएस, मोवाइल बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासमा संचालन मुनाफा १५ करोड ३० लाख आर्जन गर्न सफल भएको छ भने सोही अवधीसम्म निक्षेप २३ अर्ब ७२ करोड र कर्जा तर्फ २१ अर्ब २४ करोड पु¥याएको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु