गण्डकी विकास बैंकको बैठकले बोनस शेयर दिने निर्णय

पोखरा, २८ फागुन /गण्डकी विकास बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले हकप्रद शेयर पश्चात कायम रहने चुक्ता पुँजीमा १९.३१ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको दशौं वार्षिक साधारणसभाबाट पारित भएपश्चात मात्र लागू हुनेछ ।

बैंकले हकप्रद साधारण शेयर लिलाम बिक्रीको शिलबन्दी बोलपत्र पनि आह्वान गरिसकेको र नियमानुसार शिलबन्दी बोलपत्रमार्फत कायम हुने शेयरधनीले पनि उल्लेखित बोनस शेयर प्राप्त गर्न सक्नेछन् । यसरी बोनस शेयर पश्चात बैंकको कूल चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैया हुने छ । गण्डकी विकास बैंक चुक्तापूँजीको हिसाबले नेपालकै सबैभन्दा ठूलो विकास बैंकको रुपमा स्थापित हुनेछ ।

बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५१ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS, ATM, ECC/IPS, SMS बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ । न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।

कमेन्टहरु
Loading...