गण्डकी बैंकद्धारा बाराही माविमा छात्रवृत्ति प्रदान

पोखरा, २९ चैत /गण्डकी विकास बैंक लि.ले विहीबार बाराही माध्यामिक विद्यालय, पोखरा ५ पस्र्याङ्गका ३ जना गरिव तथा जेहेन्दार विधार्थीहरुलाई १० हजार पाँच सय छात्रवृति प्रदान गरेको छ ।

कार्यक्रममा विद्यालयको तर्फबाट सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद बराल, प्राचार्य शिव प्रसाद भण्डारी, बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र पस्र्याङ्ग शाखा प्रमुख प्रमोद ओझा लगाएतले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बराल र प्राचार्य शिवप्रसाद भण्डारीले गण्डकी विकास बैंकले गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृति प्रदान गरेकोमा धन्यवाद दिएका थिए ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले छात्रवृत्ति हस्तान्तरण गर्दै पछिल्ला समयमा देशभरिका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएको र बाराही विद्यालयको पनि राम्रो हुदै जाओस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

बैंकले यस्ता प्रकारका कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिदै जाने बताए ।

कमेन्टहरु
Loading...