फोर्डको फ्रि स्टाइल पोखरामा बिक्री शुरु

पोखरा, ३ जेठ /फोर्ड गाडीको आधिकारिक बिक्रेता अटो भेन्चर प्रालि पोखराले नयाँ मोडलको गाडी ‘फोर्ड फ्रि स्टाइल’को बिक्री शुभारम्भ गरेको छ । बुधबार एक कार्यक्रमका बीच उक्त गाडीको बिक्री शुभारम्भ गरिएको हो । अटोभेन्चरका अध्यक्ष तथा प्रदेश सांसद विन्दुकुमार थापाले घारीपाटनका अशिलकुमार साईलाई गाडीको चाबी हस्तान्तरण गर्दै फ्रि स्टाइलको बिक्री शुभारम्भ गरेका हुन् ।

फ्रि स्टाइल नेपाली ग्राहकहरुको रोजाईमा पर्ने जि.ओ. अटोमोबाइल्सका प्रतिनिनिधि विजयी थापाले बताए । फ्रि स्टाइलमा नवीनतम प्रविधि, सुरक्षा र सुविधाका साथ ९६ पिएस पावर दिने इन्जिन, १९० एमएम ग्राउण्ड क्लियरेन्स, ६ वटा एयरव्याग लगायतका सुविधा छन् ।

फोर्डले ल्याएको फ्रि स्टाइल (सियुभी)ले नेपालमा ह्याचव्याक भन्दा हल्का ठूलो गाडी रुचाउने ग्राहकहरुको विश्वास जित्ने सेल्स म्यानेजर छबी गौतमले बताए । फ्रि स्टाइल डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध छ । यसको मूल्य २६ लाख ९९ हजार रुपैयाँदेखि ३५ लाख ९९ हजार रुपैयाँसम्म पर्छ ।

अमेरिकन टेक्नोलोजिमा भारत र थाइल्याण्डमा उत्पादित अन्तर्राष्ट्रिय ब्राण्ड फोर्ड मोटर्सका विभिन्न मोडलका गाडीको प्रदेश नं ४ अन्तर्गत गण्डकी धौलागिरीको अधिकारिक बिक्रेता अटोभेन्चर प्रालि हो । फोर्डको इन्डेभर, रेन्जर, इकोस्पोट, एस्पायर, फिगो लगायतका ब्राण्ड नेपाली बजारमा बिक्री भइरहेका छन् ।

ग्राहकको माया तथा बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै कम्पनीले सेवा सुविधा प्रदान गरिरहेको अटोभेन्चरका प्रवन्ध निर्देशक ध्रुवबहादुर थापाले बताए । फोर्डका गाडी नेपालको बाटो सुहाउँदो, इन्धन किफायती, बलियो र आकर्षक मोडल रहेको र बिक्री पछिको सेवा पनि राम्रो रहेको उनले बताए । ‘डाक्टर, इन्जिनियर, व्यापारी तथा कर्मचारी लगायत सबैको रोजाईमा फोर्डका गाडी परेका छन्,’ उनले भने ।

कमेन्टहरु
Loading...