भ्यालेन्टाइनको अवसरमा सौराहामा आठौ फुड फेष्टिवल हुने

सागर राज तिमिल्सिना
पोखरा, २४ माघ/रेष्टुरेण्ट एण्ट बार एशोसियसन नेपाल सौराहाको आयोजनमा फागुन १ देखि ३ गते सम्म सौराहामा आठौ फुड फेष्टिवल हुने भएको छ । प्रणय दिवस अथात् भ्यालेन्टाइन डे को अवसरमा रेवान सौराहाले फुड फेष्टिवलको आयोजना गर्न लागेको पोखरामा आज आयोजीत पत्रकार सम्मेलनमा रेवान सौराहाका अध्यक्ष सिताराम कुमाले जानकारी दिए ।

उज्यालो सौराहा स्थापित गर्न, सौराहाको कला संस्कृति, भेषभुषाको जगेर्ना गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा चिनाउन, खानाको गुणस्तर बृद्धि गरि खानाको परिकार पहिचान दिने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको कुमालले जानकारी दिए । फेष्टिवलको अवसरमा रेष्टुरेण्ट व्यवसायीहरुले नियमित मेनुमा १५ प्रतिशत छुट, होटल, हात्ती, जिपमा नियमित मेनुमा छुटको व्यवस्था रहेको संयोजक गोकर्ण गिरीले जानकरी दिए ।

भ्यालेन्टाइनको अवसरमा सौराहामा हुने आठौ फुड फेष्टिवलको बारेमा पोखरा जानकारी दिदै
भ्यालेन्टाइनको अवसरमा सौराहामा हुने आठौ फुड फेष्टिवलको बारेमा पोखरा जानकारी दिदै

उनले होटलहरुमा सामान्य रुपको ८ सय, स्ट्न्डर रुमको १२ सय, र डिलक्स रुमको १६ सय रुपैया आयोजकले तोकेको जानकारी गिरीले दिए । तिन दिने फेष्टिवलमा विभिन्न जनजाती खानाको साथै विदेशी खानाका परिकार, हस्तकला प्रर्दशनी, राष्ट्रिय कलाकारहरु पुरुषोत्तम न्यौपाने, पशुपनि शर्मा, जितु नेपाल, प्रमोद खरेल, कमल खत्री पोख्रेली माग्ने बुढा र धुर्मुस लगाएतका कलाकारहरुको प्रस्तुती रहने छ ।

पत्रकार सम्मेलनमा रेवान पोखरा पुर्व अध्यक्ष बलराम पहारी, अध्यक्ष गोपी भट्टराई लगाएले पोखरा र सौराह दुबै पर्यटकका लागी तन्ने शहर भएको बताउै दुबै क्षेत्रका व्यावसी मिलेर अगाडी बढ्नु पर्ने बताए । सौराहामा पर्यटकीय स्तरका करिब १ सय वटा होटलहरु र करिब ६० वटा रेष्टुरेण्टहरु सन्चालनमा आएका छन् ।

कमेन्टहरु
Loading...